साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि कुनाको बहस

Nepal Telecom ad

कविताको अर्गानिक झोलमा
कविताको नयाँ मात खोजिरहेका कविहरू
कवि कुनामा बसेर
प्वाल परेका सिद्धान्तहरू धुँवामा उडाउँदै
कविताको आरति गरिरहेका छन् ।
आफ्नै प्रशंसाको डम्फु बजाईरहेका केही कविहरू
अचेल शोकमा देखिन्छन्
अर्गानिक झोल चढाएर
कविताको अप्रेसन गरिरहेका डाक्टरहरू देखेर ।

अप्रेसनको पर्खाईमा बसेर मुटुको धड्कन जाँचिरहेका
ती कविहरू बेहोसीको ईन्जेक्सन पछिको
समयको आश मेटाइसकेका छन् ।

अर्गानिक झोलको डोज बिस्तारै बढाएर
भटमास र खुर्सानीले मुख रन्काउँदै
सिनियरिटीको पोस्ट दाबी गर्दै
अस्मिता भाउजूको टेबुल आज बज्रिएको छ ।
कवि कुनामा कविताको बहस जारी छ ।

हत्केलाको खाँबोमा भीर जस्तो चिउँडो टेकाएर
ध्यानले सुनिरहेका एक कविले
बीचैमा प्रस्ताव राख्छन्
छानबिन समितिको लागि ।

कविताका मापदण्डहरू नयाँ बन्छन्
स्त्रीको तिघ्रा, स्तन र ब्युटीबोनको सौन्दर्यमा
मात्र केन्द्रित सौखिनलाई नोमिनेसनमै नपार्ने ।

पुरुष कविलाई देखिनसक्ने
केवल कबयत्रीको स्तुति र केशमा
सधै पिङ् खेल्ने कवि महासयलाई पुनर्विचार गर्ने ।

पुरानो धमिराले प्वाल पारेको
केही परजीवीले गुण बनाएको
कविता सार्दै छाति फुलाएर भाषण गर्नेलाई
समितिमा छलफल गरिराख्ने ।

अचेल धेरै चलखेल मच्चाएका
अर्गानिकको झोल र अस्मिता भाउजूका
नियमित ग्राहक कविहरूलाई
विशेष प्रथामिकतामा पर्ने कुराको
सहमतिमा पहिलो चरणको बैठकलाई
टुङ्ग्याउँदै केही थान कविहरू बिदा हुन्छन् ।

दुईवटा कविता लेखेकै भरमा
साधारण सदस्यताको निवेदन पार्दै
समितिमा दर्ता गराउने सोच बनाउँदै
अस्मिता भाउजूलाई सिफारिसको
निमित्त म दाउ हेरिरहेको छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x