साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो देउता भन्ने मसँग डराएर…

Nepal Telecom ad

म वर्षौदेखि
त्यो देउता भन्नेलाई
खोज्दै हिँडेको छु
र, त्यो मसँग डराएर भागिरहेको छ
मेरो अघि कहिल्यै देखा पर्दैन ऊ
यदि मसँग
उसको भेट भयो भने
भयङ्कर झगडा हुनेवाला छ हामीबीच
केही हिसाबहरू छन्
ऊसँग असुल गर्नु पर्ने,
केही मुद्दाहरू छन्
तुरुन्तै छिन्नु पर्ने
मलाई लोभ देखाएर,
केही क्षण हातैमा थमाइदिएर
मेरो सर्वस्व पसिनाको पाती खाएर
फेरि आफैँ हरेर लगेका
मेरा जीवनमा अमूल्य खुसीहरू
मैले ऊबाट खोसेर लिनु छ,
हो, उसले ‘चाराना’ दिएर ‘बाह्राना’ अशुलेको छ ।
तिनै हिसाबहरू तिर्न नसकेर
त्यो मेरो अघि देखा पर्दैन
त्यो मसँग भागिरहेको छ
हो, त्यो देउता भन्नेलाई मैले भेटेँ भने
पहिला व्यापक झगडा हुने छ
अनि मात्र अभिवादन आदान प्रदान हुनेछ ।

झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x