साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभाध्यक्ष र वकालत नपढेको गोरु

Nepal Telecom ad

सभाध्यक्ष सुवास नेम्वाङ वकिल हुनुभन्दा अघिको कुरा हो । त्यतिबेला उनी जिल्ला अदालत इलाममा लेखापढी गर्थे । दिनहुँ एक घन्टाको बाटो हिँडेर अदालत आइजाई गर्थे । बाटोमा कोल पेल्ने ठाउँ (गोरु घुमाएर ढुङ्गे मेसिनबाट तोरी पेल्ने ठाउँ) थियो । गोरु घुमिराखेको हुन्थ्यो, तेल झरिरहेको हुन्थ्यो । तर, अचम्म गोरु मालिकचाहिँ कोलभन्दा परको चौतारीमा हुक्का तानेर बसिराखेको हुन्थ्यो ।

‘गोरु मालिक सधैँ पर हुक्का तान्दै बस्छ, गोरु घुमे नघुमेको कसरी थाहा हुन्छ ?’ यस प्रश्नले उनलाई सधँै पिरोल्थ्यो ।

एक दिन उनले गोरुमालिकलाई सोधे, ‘ए बा, तपाईं यहाँ बसेर हुक्का तानिरहनु भएको छ । उहाँ तपाईंको गोरुले कोल पेलेको छ कि छैन तपाईंलाई कसरी थाहा हुन्छ ?’

‘ए बाबु, मैले गोरुको घाँटीमा घन्टी झुन्डयाइदिएको छु’ गोरुमालिकले भने, ‘गोरु घुमे नघुमेको म यहीँ बसीबसी सुनेर थाहा पाउँछु ।’

नेम्वाङ ‘ए…’ भनेर बाटो लागे । तर, पाँच मिनेटपछि उनी फर्किए र गोरुमालिकलाई सोधे, ‘ए बा गोरु घुमेर घन्टी बज्यो भनेर त तपाईं थाहा पाउनुहुन्छ । तर, गोरु नघुमी उभिएर दायाँ–बायाँ घाँटी मात्रै हल्लाउँदै घन्टी बजाएर बस्यो भने नि ?’

गोरुमालिकले हाँस्दै भने, ‘ए बाबु, मेरो गोरुले तिमीले जस्तो वकालत पढेको छैन । त्यसैले उसले गडबड गर्दैन क्या !!’

टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x