साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म थवाङ हुँ

Nepal Telecom ad

म थवाङ हुँ
अरण्ययुग युगान्तरका
मृत्युदण्डको फैसला सहेर
बाँचेको छु
ज्यानमारा जन्तुवर्षहरू छलेर
नयाँ बर्बर युगमा
आकास्सिएका सामन्ती जजटाजुटहरूसँग
निरन्तर लडिरहेकै छु मित्र
म सुतेको छैन
नालीझैँ गन्हाउँछन्

घामका टाटाहरूसँगै
छापामार युद्ध लडिरहेछु
सहस्रबाहु तेर्साएर
मान्छेहरू मलाई डामेर
भकलक भकलक उम्लेकाछन्
मेरा सन्तानका मूल्य तोक्नेहरू
उसिनिएर उसिनिएका काङ्झैँ
फकफक छड्किरहेछन्
मेरो संघारमा
म एउटा रणक्षेत्र हुँ
ए बालक मानिसहरू
चिर निद्रामा निदाएको छैन
मलाई परचक्री बनाएर
मेरो इतिहास नमेटाऊ
मरेर बाँचेको
म थवाङ हुँ
ए दानव युगका मान्छेहरू
मेरा हिमाली छोराहरूको
मूल्य तोक्ने अधिकार छैन
मेरो शक्तिचाप सिकेर
मलाई फट्कन सक्छौ
लाटा मानिसहरूलाई सिँढी बनाएर
लेक चढेको हुँकार नगर
मेरा मित्र
हिम नदीले त मलाई थर्काउन सकेको छैन
जङ्गली हुँडारहरूको विजय म
कसरी स्वीकार्न सक्छु
युद्धका साइतका घैलाहरू राख्दै
यो बर्बर युग विरुद्ध
असल मानिसहरूलाई बिउँझ भनिरहेछु
बेलरानीहरूसँगै
ए मानिस
तिम्रो कविता पढेर
मेरो छाती बिझाएको छ
बारम्बार मलाई झुण्डाएर
मेरा सन्तानको मूल्य नतोक
म भरखर जन्मेको होइन
करोडौँ वर्ष अघि जन्मेको हो
ए मानिस
तिम्रा विचारहरू सङ्लो बनाऊ
डिठ्ठा काजीले बनाएका अनकण्टार जस्तै
मलाई मरुप्रदेश नबनाऊ
स्वच्छ श्वास लिएर
मुटुमा सियो रोपेर
वैचारिक भट्टीमा आऊ
द्यौराली चुमेर
मैले एक मुठी मन मागेको छु
मेरी उवा
मेरी चुनु
क्रान्तिको फाँटमा फिँजिएर
मानवको खास्टो खोज्दैछन्
तिमी मलाई
बालुवाको संकट प्रदेश ठानिरहेछौ
बाइबलको टुना प्रयोग गरेर
तिम्रा कविताहरू
बलौटे आँधी लागिरहेछ
म सुत्दै नसुतेको प्राणीलाई
चिर निद्रामा सुतेको भन्ने को हौ ?
तिम्रा कविताहरूले
दुःख दुखेन मेरो छाती
म थवाङ हुँ
मेरो बुद्धलाई हेला गरेर
क्राइस्ट र अल्लो हुन सक्दैन
म मान्छेको बिउ हुँ र
ममा क्रान्ति टल्किएको छ
मुसुमुसे गन्ध भएका साथी
मेरो डफ्फामाथि आक्रमण नगर
तिमी एउटा भोको व्याधा हौ
हाम्रो यात्रालाई नझम्ट
कृष्णलाल र
कृष्णसेनलाई कैदमै मारेझैँ
अब मलाई मार्न सक्ने छैनौ
मेरो मृत्युको खवर नछाप
म मरेको छैन
म थवाङ हुँ
म युद्धको कुरा गरिरहेछु
आनन्दित भएर
मेरी उवाको आकाश हेरेर
घर्तिनीहरूसँगै
मगर्नीहरूसँगै
विचारको सङ्गीत बजाइरहेछु
जलजलाका हिउँहरू
मेरा बलेसीमा रोइरहेछन्
मेरो ओहदा अनुसार
क्रान्तिको कुची उठाएर
कुर्लेका अरुणका जङ्घारहरूतिर
म दगुरिरहेछु
लाखौं मानिसहरूको भिड विरुद्ध
हो बेलरानी
मानवीय युग हिँड्न
तिमीले रक्तको ज्वाला फुटाउनु पर्छ
मेरो भूगोल बचाउन
कङ्गाल नृत्य नाचेर
हाम्रो भूगोल कबजा गर्ने विरूद्ध
मेघको प्रतिध्वनि भएर
एकपटक गर्जिनु परेको छ
बनबिरालाहरू
मानिसका रुपमा उफ्रिरहेछन्
मेरो छातीमा
मलाई खोपेर
नङ्ग्याउने ती थाङ्ने माङ्ने मानिसहरू
विजय जुलुस निकाली रहेछन्
मैले काँचुली फेरेँ भने
यी थाङ्नेहरू सब भाग्नेछन्
मेरी उवालाई बलात्कार गरेर
साँढेझैँ मातिएका भिखारीहरू
विचारहीन यात्रामा हिँडीरहेछन्
यतिबेला म
विचारको घुँएत्रो हानिरहेछु
मेरो फेदीमा दन्केको
आरन देखेर
बन बिरालाहरू शहर पसेकाछन्
म झरिलो भएर
उर्जा लिएर उठेको छु
नयाँ युद्ध जित्न
राष्ट्रियताको साँचो बुझाएर
लोकतान्त्रिक ब्वाँसाहरू
हाम्रो मूल्य तोक्दैछन्
हामीले ढाडी जुम्राहरू पाल्नुहुन्न
मुसा जस्ता मानिसहरू हुर्काउनु हुन्न
एकपटक सम्झ
प्रिय
बेलरानी
हाम्रा रगत चुसेर अघाइसकेका
हुँडारहरू
फेरि जन्मिएका छन्
हाम्रा घर ढाल्नेहरू
हाम्रा फुसका छाप्राहरू
आगो लगाउनेहरू
सत्तामा फर्किएका छन्
तिनैका सन्तानहरू
मलाई सुतिरहेको हल्ला मच्चाइरहेछन्
हाम्रा आस्थाका लुगा च्यात्नेहरू
संसद भवन पुगेका छन्
गन्जागोल वातावरण सिर्जना गर्नेहरू
हाम्रो मोर्चामाथि
अरिङगालको गोलाझैँ खनिएका छन्
ए मुक्तिसेनाहरू
आगो र धुवाँ ओकल
मलाई बचाउन
म थवाङ हुँ
मेरो रगत निख्रेको छैन
अँध्यारोले खाएका मानिसहरू
किचकन्याझैँ उफ्रिरहेछन्
म नेपाल कुनै सिद्धान्त ओछयाएर
चुनुसँग कुरा गरिरहेछु
मेरी उवा
मेरो सुसाउँदै छ
जीवन
तिमी लखतरान नहुनु
मानिसहरूको बाढी लिएर ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x