साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविकुनाको सौन्दर्य

Nepal Telecom ad

तिमी देख्न सक्छौ यतिबेला
गोधुलीमा गाई बस्तु
चरनबाट फर्केझैं
झम्के साँझमा खेताला
खेतबाट फर्केझैं
एक हुल कविहरू हिंडेका छन् कविकुना
काव्यात्मक सौन्दर्यको रसास्वादन गर्न ।

भन्नेहरू भनुन्
कविकुना मदिरालय हो
मान्नेहरू मानुन्
कविकुना वकवास थलो हो
ठान्नेहरू ठानुन्
त्यहाँ अराजक कविहरू आउँछन्
देसी अर्गानिक झोल पिउँछन्
र चपाउछन्
सुकुटी, भटमास र चिउरा
साथमा थप्छन्
लसुन र डल्ले खुर्सानी
उनीहरूले हामीले गरेको
कविताको सौन्दर्य
खै तिमीले देख्न सकेको ?

साँच्चै
मातेर कविता लेखिने भए
म आज यसरी मात्न चाहन्छु
फेरि सामान्य अवस्थामा
कहिल्यै फर्किन नपरोस्
फुरोस् कविता ह्वारह्वारी
र बढ़ारोस् मेरा कविताले
देश भित्रको बेथिति
निम्त्याओस् मेरो कविताले
सुशासन र समुन्नति
यस्तै यस्तै जपना गरेको वर्षौं भैसक्यो ।

अब मैले
कविकुनाको संघारबाट
फेर्नु छ कविताको पुरातन परिभाषा
देखाउनु छ समकालीन कविहरूलाई
एउटा बिद्रोहको रन्को
पुर्याउनु छ सत्ताधारीसम्म
बिद्रोहको नवीन हुङ्कार
हो, मात्नु छ
घरपालाको स्वादले
तिमीसम्म जो स्वर पुर्याउनु छ ।

यतिबेला मेरो मथिङ्गलमा
फनफनी रिङ्गिरहेछ
युगीन प्रटनका प्रलयहरू
के साहित्य कसैको पेवा हो ?
के देश कसैको पुख्र्यौली सम्पति हो ?
यदि हो नै रहेछ भने
म खोसेर लिन्छु
तिमीहरूको हातबाट
के तिमी सक्छौ
एकलौटी पर्न अवको साहित्य ?
सक्छौ सधैभरि लुकाएर राख्न ?
पोल्टा भित्रको यो देशको सत्ता ?
म हेर्न चाहन्छु
तिम्रो सामर्थ्य ।

कविकुनाको साँघुरो टेवुलबाट
घोषणा गर्छु एउटा बिद्रोह
हेर,
म तिम्रो खोकिलामा
पड्काउँदै छु कविताको वारुद
त्यसपछि
साँच्चै देख्नेछौ कविताको शक्ति
शीत निन्द्राबाट
कविता जागेपछि
को निस्कन्छ थाम्ने ?
‘एक युगमा एक दिन एकपटक आउँछ
उलट पुलट उलट पुलट हेरफर ल्याउछ’
यो हस्तक्षेपकारी अभियानलाई
जीवन्त पार्नु छ
र थमाउनु छ
पछिल्ला दिनका कविहरूलाई
र बुझाउनु छ कविताको सौन्दर्य
ए सुषुप्त बसेका कवि !
के तिमी पनि आउँछौ हाम्रो साथमा ?
आऊ
खाली छ एउटा मेच
कवि कुनामा !

भरतपुर, चितवन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x