साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतृत्व

Nepal Telecom ad

ए अग्रज भनाउदा मान्छे !
कलङ्क नेतृत्व शब्दको !
विशाल छातीभित्र तिम्रो
पेरुङ्गोभित्र कैद चित्त
टाउको निकाल्दै छन् प्वालबाट
पुर्लुक्क पुर्लुक्क बाहिर
भर्खर कोरलेको चल्ला झैं
चिउँ चिउँ गर्दै
च्याँख्ला वा कनिका
कमिला वा धमिरा
अहारामै सीमित
तिम्रो अर्जुनदृष्टि
स्वादे जिब्रोलाई मिल्ने
अल्छे तिघ्रो तिम्रो
हामी सबै भाइ बहिनाले
चिनी सकेका छौं
दाइ !
नेतृत्व पेरुङ्गोमा कैद चल्ला हैन
र्याल चुहाउने च्याँ च्याँको लोलीमा,
यो त रजहाँस हो
बथान पछि लाउने
जोखिम र त्रासको बाजी लाउदै
पहरामा छाती ठोक्न तम्तयार
लोभलालच रहित
कनिका कनिकी अन्न हैन
लोहोटा लोहोटी पानी हैन
भकारी र समुद्रको लक्ष राख
दुधको दुध पानीको पानी
छुट्याउन सक विवेकले
कमसेकम प्रयास नै भए पनि गर दाइ
अनि हामी लाग्नेछौं तिम्रो पछि
कुखुराको चल्लाको हैन
रजहाँसको पछिपछि ।

२०७१ बैशाख
काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x