साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरिकङ्गाल

Nepal Telecom ad

छउञ्जेल मात्तियो ।
सकिएपछि आत्तियो ।
हुँदा, शहरमा जग्गा बङ्गला,
नहुँदा सडकछाप हरिकङ्गाल ।

उहिबेला पुर्खाको सम्पत्ति थियो
मिलेको नयाँ दम्पत्ती थियो
कुनै सम्पत्ति बुढीले माइत कुदाएपछि,
बाँकी बुढाले जुवामा उडाएपछि
टुँडिखेल बोलाउँदा मित्र भाग्छ टङ्गाल,
संसारमा यस्ता पनि जन्म्याछन्, कङ्गाल ।

कहिले गर्छ ऋणको आस
कहिले गर्छ अट्टहास
कहिले बन्छ अर्काको दास
कहिले बनायो आफ्नै उठिबास
अर्काको देखेर मुर्मुरिन्छन् भित्रभित्र,
यस्तै छन् हाम्रा हरिकङ्गाल मित्र ।

काम गर्न भनेपछि धुरुक्कै रुने,
जुवातास भनेपछि हुरुक्कै हुने
बुढो भइसक्यो मित्र कहिले हो चेत्ने ?
घरमा आए स्वास्नीले खेद्ने,
ससुराली गए सासूले लखेट्ने ।

काम, कम्पनी र काठमाण्डु देखेको छैन
डल्लीको भट्टीबाहेक अन्त टेकेको छैन
अनुहारभरि टाटैटाटा शरिरभरि निलडाम
दुनियाँको कुटाइ खायो, घैँटोमा लागेन
कति खायो झटारो, कति खायो चड्कन,
जति चड्कन खाए पनि पोल्याछैन धड्कन ।

छोरो भर्नामा छ अस्पताल गङ्गालाल,
बाउ, भट्टिको उधारोले भा’छ कङ्गाल
दुनियाको ऋण खाएर गरे यिनले विचित्र,
जन्मेदेखिनै स्वभाव यस्तै हरिकङ्गाल मित्र ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x