साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्यूटनजीको स्याऊ

Nepal Telecom ad

कुनै सेता छन्, कुनै निला छन्
कुनै साह्रा छन्, कुनै गिला छन्
कुनै होचा छन्, कुनै अग्ला छन्
कुनै वाङ्गा छन्, कुनै सग्ला छन्
कुनै महल छन्, कुनै दुला छन्
कुनै बलिया छन्, कुनै लुला छन्
जस्तै भए पनि खोल्नेका लागि
आफ्ना कलेज साह्रै ठुला छन्
कतिको गुणस्तर हेर्दै काम्ने छ
कतिको नीति छात्रवृत्तिले डाम्ने छ
आखिरी काम्नेको पनि, डाम्नेको पनि
अन्तिम लक्ष्य,
हाम्रै बाबुको खल्ती छाम्ने छ ।

पढाउँछौं भन्नेको सग्लो छत हुँदैन
सग्लो छत हुनेको पढाउने लत हुँदैन
दुवै दावी गर्नेको शिक्षा परिषदमा खत हुँदैन
दशौं बर्ष पछिको प्रलोभनमा सेकाउँछन् कसैले
भर्ना नै नगरी खातामा नाम लेखाउँछन् कसैले
कलेजको बिलले ढाड भाँचेर बुबा कुप्रो पर्नुहुन्छ
मलाई देख्ने बित्तिकै आमा तर्सेर थुप्रो पर्नुहुन्छ
तेलको भाउ बढ्दा कलेज मासिक शुल्क बढाउँछ
अरुबेला भ्याकेसन भ्याकेसन भनेर
जाँचको मुखमा हामीलाई
आउट ड्रेसमा एक्स्ट्रा क्लास पढाउँछ ।

मास्टर भित्र पस्ने बेला
विद्यार्थीको निस्कने बेला हुन्छ
बाहिर हेर्दा तातो घाममा सानो तिनो मेला हुन्छ
घरभित्र छोरालाई, पढिस् भन्दा पढेँ भन्छ
रिजल्ट खोइ भनी सोध्दा भोलि भोलि भनिरन्छ
क्याम्पस त्यस्ता, पढ्ने यस्ता
पढ्ने किताब हजार पेजको
यही तालले कस्ले कहिले विकास गर्ने हाम्रो देशको
कहाँ मतलब हुन्छ हजुर ठाउँमा बस्ने नामीलाई
न्युटनजीले स्याउ खाएनन् दुःख दिए हामीलाई ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x