साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निःशब्द समय

Nepal Telecom ad

आदिम चित्र टाँसेर छातीमा
समयले त्यसलाई निर्बाध
सुमसुम्याउन खोज्छ
तर सक्दैन
खोजेझैँ मुलायम स्पर्शको
रङ्ग र मौसम भर्न
करूप भइसकेको
धमिलो परिदृश्यसँगै
भित्तामा उभिएको क्यालेन्डर
हजारौँ माइल टाढाको
दस्तखतजस्तो लाग्छ
समय निःशब्द छ
मानौँ, विगतका क्रुर पञ्जाले
दिएका चोटहरू
अहिले पनि साक्षी छन्
अझै पनि क्षतविक्षत छ
सिङ्गो र सम्पूर्ण हुनुको अर्थ ।

चोक, घुम्ती र गल्लीहरूमा
लमतन्न रहेको बस्ती
विषालु मदिरा पिइरहेछ
नशाको यति धेरै आवेगमा पनि
बस्ती किन यति धेरै सुस्त छ ?
मान्छे निर्धक्कसँग
सुखको श्वास फेर्न
जीवन नै उत्सर्ग गर्न तयार छन्
समर्पणको उत्कट अभिलाषासँगै
मान्छे किन मुर्दा हुँदै ढलिरहेछ ?
फूलहरू बलात्कृत हुनुको अर्थ
जूनहरू उज्यालोसँगै
लुकामारी खेल्दै
मुस्कुराउनु पक्कै होइन
सपनाहरूकै लास बोकेर
स्वप्नदर्शी मनले
जीवन–गीत गाउनुको मज्जा
अनुभूत गर्नै सक्दैन
समय निःशब्द छ
र निःशब्द छन्
असङ्ख्य मनहरू
समय निःशब्द छ
र निःशब्द छन्
जीवनका लयहरू ।

कैयौँ इतिहासका
क्रुर कथाहरूबाट गुज्रिएर
पुनरावृत्त कथाको
नयाँ शृङ्खला जोड्दै
समयले भनिरहेझैँ लाग्छ–
”हो, म निःशब्द छु
नग्न बनाएर गएका छन्
आजका शक्तिशाली मान्छेहरूले मलाई ।”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x