साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसको बाबु ठूलो ?

Nepal Telecom ad

‘निलम ! आज घरबाट चिठी आएको रहेछ । बुबा ज्यादै बिरामी हुनुहुन्छ रे ! दशैँ मान्न पनि हुने, बुबालाई हेर्न पनि हुने, भोलि घर जानुप¥यो । सके तिमी पनि हिँड, नभए म मात्रै भए पनि जान्छु ।’ विमलले श्रीमतीसँग भन्यो ।

‘आ ! पर्वतसम्म कसरी जाने ? कुस्माबाट पनि ३÷४ घण्टा हिँड्नुपर्ने रहेछ । म त जान्न । तिमी पनि नजाऊ । म यहाँ एक्लै बस्न सक्तिन ।’

‘तिम्रा दाइ–भाउज्यू यहाँ हुनुहुन्छ त्यहीँ बस । म दशैंपछि तुरुन्तै आउँछु ।’

‘हुन्न म दाइकहाँ पनि बस्दिन, घर पनि जान सक्तिन । तिम्रो बुबालाई केही हुन्न, सञ्चो भइहाल्छ । तिमी पनि नजाऊ ।’ विमल केही बोल्न सकेन, कुनै निश्चय नगरी सुत्यो ।

अर्को दिन बिहान निलमको माइती उदयपुरबाट चिठी आयो । ‘बुबालाई राम्रो सञ्चो छैन, सकभर दशैंमा आए हुने थियो’ भन्ने लेखिएको रहेछ । निलमले रुँदै भनी–

‘बुबालाई सञ्चो छैन भनेको रहेछ । चाँडो खाना खाएर उदयपुर जाऊँ ।’
‘कुस्माबाट तीन घण्टाको बाटो हिँडेर घर जान नसक्ने मान्छे, गाईघाटबाट ९÷१० घण्टा हिँडेर माइत कसरी जान्छ्यौ ?’

‘बुबा बिरामी भएपछि नहिँडेर भयो त ?’

‘तिम्रो बुबाभन्दा मेरो बुबा बढी सिरियस हुनुहुन्छ । तिमी उदयपुर जाऊ म घर जान्छु ।’

‘त्यो कुरा नगर । म एक्लै जान सक्छु ? दिनभर हिँड्नु पर्छ । तिमी पनि हिँड । तिम्रो बुबालाई केही हुन्न ।’

‘बिरामी भएको बाबुलाई हेर्न नगएर ससुराली जाँदा समाजले के भन्ला ? विचार गर त !’

‘कसले के भन्छ ? चिठी आएन भनिदेऊ न ।’

‘हुलाकबाट पठाएको चिठी भए पो आएन भन्नु । मान्छेले ल्याएर हातैमा दिएको चिठी कसरी आएन भन्ने ?’

‘जे भन्ने भन, तर तिमी मसितै जानुपर्छ । नभए मलाई मायाँ मार्नुपर्छ ।’

श्रीमतीको धम्कीले विमल हच्क्यो । केही बोल्न सकेन । केही बेर विचार गरेपछि ससुराली नै जाने निश्चय गर्यो ।

धुमबाराही, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x