साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज पनि बैठक छ !

Nepal Telecom ad

अनकन्टार चारकोसे झाडीभित्र
डाँको छोड्दै छ घाम– क्वाँ क्वाँ
बिग्रिएको कचिया झैं छ इन्द्रेनी
निर्लज्ज पसारिएको, ङिच्च हाँस्दै
हातो फुस्किएको जाँतो
आफैं घुम्दै छ घ्वाइँ घ्वाइँ– नेपथ्यमा
उहुँ उहुँको कोलाहल सँगै
निस्के नकच्चरा स्यालहरू
दुङ्ग दुङ्ग गनाएको ज्यान
जिङ्रिङ्ग परेको घिनलाग्दो अनुहारमा
¥यालको लत्कोसँगै हर्षलाई अभिव्यक्त गर्दै
हाम्फाल्दै छन् खोलाको किनारतिर
जहाँ गाउँलेहरूले भर्खरै फालेका छन् बिशाल सिनो
र त्यसैले आज वृहद् बैठक छ ।

सभाध्यक्ष बन्ने छ क्रुर–जम्बो
जससँग सयौं–हजारौं सिनो फस्र्याएको अनुभव छ
छलफल–सूची तैयार पारेको धूर्त–जम्बोले
जो सँग दिग्गज– जम्बोहरूलाई लट्पट्याएको रेकर्ड छ
र, निर्णय तैयार गर्ने छ काइते–जम्बोले
जो शब्द खेलाई खेलाई डकार आजिर्ण माहिर छ
छलफल ब्यापक हुनेछ– उँगी उँगी, घुमी घुमी
पाखुरा सुर्कासुर्की पनि हुनेछ पक्कै
किन कि सिनोको “न्यायोचित“ बितरण गर्नु छ
खासमा, यसैको लागि आज पनि सधैं झैं बैठक छ ।

बैठक सधैं हुने गर्दछ समावेशी
र, आज पनि यो हुनेछ समावेशी
सम्पूर्ण स्यालहरूको प्रतिनिधित्व हुनेछ यसमा
सँगसँगै लठारिएका हुनेछन् स्याल स्यालिनीहरू
सँगसँगै मडारिने छन् बृद्ध झ्याउरा र छाउरा स्यालहरू
सबै जात, सबै धर्म र बर्गका स्यालहरू
ध्वाँसे, ब्वाँसे अनि मरन्च्याँसे सहित
सबैले राख्नेछन् धारणा र दिनेछन् सारगर्भित योगदान
बाँडचुँडको, गोपनीयताको र भबिष्यका योजनाको
प्रक्षेपण हुनेछन् भबिष्यका सिनोहरूको परिमाण
र फेरि पनि बस्नेछ बैठक
जसरी आज बैठक छ स्यालहरूको ।

अधिकारका भरमग्दुर वकालत हुनेछन् बैठकमा
कागाधिकार्, गिध्दाधिकार लगायत
किटाधिकारका समेत कुरा हुनेछन्
समतामूलक वितरण प्रणाली सर्बस्वीकृत हुनेछ
सभाध्यक्षको भागमा राजखानी र ह्याकुलो,
ढाड– गर्दन सचिवको अनि बाँकी अरूको
कागको निम्ति खप्पर र गिद्धलाई आन्द्रा–भुँडी
बाँकी रहने छैन सिङ र खुर समेतको बिभाजन
“शक्ति अन्सारका भक्ति” को सर्बसम्मत दर्शनमा
ओखर र पाङ्ग्रराहरूको अद्भूत मिल्तीको दिन छ
त्यसैले,
सधैं झैं आज पनि स्यालहरूको बैठक छ ।

यो अनकन्टार चारकोशे झाडीभित्र
कहिल्यै हाँस्न सकेनन् घाम
कहिल्यै नाच्न सकेनन् इन्द्रेणी
नेपथ्यका जाँतोहरूमा,
कहिल्यै ठोकिएनन् हातोहरू
खबरदार प्रकृति ! होस गर !
ईतिहासमा कोच्दै तिम्रा ती समयचक्र
नयाँ युगको थालनी हुनेछ अब
झ्यालखानमा कैद हुनेछन् क्रुर, धूर्त र काइते स्यालहरू
र, अन्त्य हुनेछ बिगबिगी यी दुष्टहरूको
उदय हुनेछ युग मृग, परेवा र चखेवाहरूको
सिनोको बाँडचुँडमा व्यतित हुने छैन काल
फेरि पनि बैठक भने बस्ने नै छ जङ्गलमा
शान्तिको, सह–अस्तित्वको र सद्भावको
कथनीमा मात्र हैन करनीमा पनि ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x