साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्रे विद्वान्

Nepal Telecom ad

अलिकति नर्सिङ ट्वाक तानेपछि
हल्का फुल्का गफ पनि हानेपछि
काठे हिन्दीमा ठुटे इङ्लिस मिसाई
ट्याँ ट्याँ टुँ टुँ बोल्न जानेपछि
विद्वान् नहुने कुरै भएन
उसले घाँटीमा जो टाइ भिराएको छ
जिब्रोमा इङ्लु छिराएको छ
नेपाली बोल्न बिराएको छ
गुन्द्रुक र ढिँडो बिर्सिएको छ
अझै फिस्स हाँस्दा गाउँमा खाएको
कोदोको ढिडोको बोक्र फुत्त फुत्त झर्छ
तर उसले सब बिर्सिएको नाटक गर्दै छ
नौटङ्की
घाँटीमा टाइ लाउँदै विद्वान् हुने भा
मासुका परिकार खाँदै विद्वान हुने भा
हाम्रो गाउँको भोटे कुकुर निकै ठुलो विद्वान् हुन्थ्यो
हामी गाममा छालाको टाइ झुन्डाउँछौँ
विद्वानलाई होइन
भोटे कुकुरलाई
अनि भित्तामा लेखी दिन्छौँ
कुकुरदेखि सावधान भनेर
त्यसैले
घाँटीमा टाइ झुन्डाउने विद्वान मात्र हुँदैन
कुकुर मात्र पनि हुँदैनन्
विद्वानको भेषमा तुच्छ खिच्चा कुकुर नि हुन सक्छन्
कुकुरको भेषमा इमान्दार बफादार विद्वान नि हुन सक्छन्
जसलाई निहाल्न सक्नु पर्यो ।

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x