साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको दोस्रो विशेष कार्यक्रम

Nepal Telecom ad

२०७१ साल जेष्ठ ३ गते काठमाडौँ, वाणभन्ज्याङको चण्डी भैरव मा.वि. मा को बाल क्लब ‘चण्डी भैरव बाल क्लबको आयोजनामा घुम्ती कविगोष्ठी आयोजा भयो । काठमाडौँका तथा अन्य प्रतिष्ठित स्रष्टाहरूले आ–आफ्ना कविता, गजल वाचन गर्नुभएको थियो ।

सिर्जना प्रस्तुत गर्नेहरूमा भुवनहरि सिग्देल, रामचन्द्र दाहाल, परशुराम पराजुली ‘पराशर’, डिल्लीप्रसाद मूलतिहुन, रमेश शुभेच्छु, थरेन्द्र बराल, निदेश सिग्देल, सुशीला खड्का ‘हसिना’, राजेश चोच्छे, राजुराज स्वयम्, अनिश बिष्ट, ब्रम्हप्रिय प्रेमस्वरूप, चन्दप्रसाद न्यौपाने, एटम विद्रोही, खगेन्द्र खोल्साघरे, शशी थापा पण्डित, हरि खनाल, रोशन लिम्बु, अर्चना न्यौपाने, डा. जीवन अधिकारी, पूर्णप्रसाद पन्त, देवेन्द्र सिग्देल साथै बाल क्लबका विद्यार्थीहङ समेत ३४ कवि–कवयित्रीहरू हुनुहुन्थ्यो ।

प्रायः सबै स्रष्टाहरूले आ–आफ्ना कृति तथा साहित्यिक पत्रिकाहरू बाल क्लबको पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको थियो । बाल क्लबकी अध्यक्ष सफलता बोहोरा कक्षा (१०) को अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको उद्घोषण पनि बाल क्लबकी सचिवले नै गर्नुभएको थियो ।

–पर्शुराम पराजुली ‘पराशर’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x