साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री आतङ्क

Nepal Telecom ad

मेरा पनि थिए केही डीभी–पीआरवाला कर्मचारी मित्रहरू । निकै वर्षदेखि उनीहरूको ओहोरदोहोर चलिरहन्थ्यो उताका सुखी–सम्पन्न मुलुकहरूबाट यताको दुःखी–विपन्न देश नेपालसम्म। उनीहरू अत्यन्तै महत्त्वपूर्ण काम सम्पन्न गर्न मात्र यता आउँथे । जागिर थमौती गरी राख्न, यता भएका घरघडेरी वा सम्पत्ति तह लगाउन, अंश लिन इत्यादि। अरू झिनामसिना कामका लागि उनीहरू आउन भ्याउँदैनथे । पेन्सन बुझ्ने वा कुनै आर्थिक सुविधा प्राप्त गर्ने अथवा बाबुआमा मरेकाहरूले ब्याक डेटमा काजकिरिया गर्नेजस्ता सामान्य कामहरू गर्नु छ भने त्यही बेला भ्याउँथे र फकिन्र्थे ।

आउँदा साथीहरूले हामीलाई पनि भेट्थे। हर्रहर्र पूरै अफिस नै मगमगाउँदै, घाँटीमा टिलिक्क टल्कने सुनको सिक्री र टाउकामा कालो चस्मा अड्याएर हाम्रा अगाडि उनीहरूले उपरखुट्टी लगाउँदा हामीलाई दसैँ आएजस्तो हुन्थ्यो । चकलेट बाँड्थे । चकलेट सँगसँगै मीठामीठा गफ सुनाएर हामीलाई धन्य बनाउँथे । अमेरिका, क्यानडा, बेलायत, फ्रान्स वा जर्मनीका सुखसुविधा र वैभवका कथा सुनाएर हामीलाई वाल्ल पार्थे । त्यहाँको सरसफाइ, त्यहाँको हरियाली, सडक, रेल, सयौँ तले गगनचुम्बी भवनहरू, आफ्नै फ्ल्याट, आफ्नै गाडी, व्यापार, व्यवसाय, डलरको आम्दानी, बियर, स्याम्पेन, जुस, बर्गर, हटडग के के हो के के, सम्पूर्ण भौतिक सुखको प्राप्ति । मानौँ स्वर्ग भनेको त्यही हो । त्यहाँको सरकार, त्यहाँको प्रहरी प्रशासन, शान्ति सुरक्षा, स्वास्थ्यको ग्यारेन्टी, बेरोजगारलाई भत्ता… ! कुरा सुन्दासुन्दै हामीलाई उडौँ उडौँ जस्तो बनाउँथे ।

हामी उड्न उड्न लागेको चाल पाएपछि उनीहरू हाम्रो देशलाई उडाउन थाल्थे । यताको धूलो, धूवाँ, गाडीको जाम, भत्केका साँघुरा सडक, फोहोरको रास, दुर्गन्धित नदीनाला, उजाड भीरपहराहरू, अनुशासनहीन जनता, सरकारी ढिलासुस्ती, भ्रष्ट सरकार, अदूरदर्शी र असभ्य दल एवं नेताहरू, घुस्याहा प्रहरी प्रशासन इत्यादि अनगिन्ती विकृति र विसङ्गतिका शृङ्खला हाम्रा अगाडि तेस्र्याएर हामीलाई नीलो बनाउँथे । देशभित्रका दसै दिशामा एक थोपा पनि उज्यालो उनीहरू देख्दैनथे । यो अशान्त, अशिक्षत, असभ्य र हरितन्नम देशमा के कुरेर बस्नु भन्दै उनीहरू हामीलाई मरौँ मरौँ जस्तो पार्थे । आत्महत्या गरौँ गरौँ जस्तो पार्थे ।

आत्महत्या गर्ने जस्तो डरलाग्दो सोचबाट मुक्त हुन म भन्थेँ, “साथी चिया खाऊँ है !”
उनीहरू भन्थे, “जुस खाऊँ न !”
म भन्थेँ, “जाऊँ न त गफ गर्दै जुस पसलसम्म ।”
उनीहरू भन्थे, “बाहिर त धूलोले निसासिन्छ । ट्याक्सी बोलाउनुस् न !”

यस्ता टिपटप बहुराष्ट«िय नवपश्चिमा मित्रहरू थिए मेरा । तिनै मित्रहरूमध्ये एक जना मित्र भर्खरै पनि आएका थिए । यसपालि उनी सधैंैजसो उत्साही देखिएनन् बरू आक्राशित भेटिए । उनी कोठामा पस्नेबित्तिकै मसँग जङ्गिन पो थाले, “त्यो लालबाबु भन्ने पण्डितलाई कसले मन्त्री बनायो ? मन्त्री भएर यस्तो आतङ्क मच्चाउन पाइन्छ ? यो देशको हालत त्यस्तै यस्तो भा’हो र ! यस्तै मन्त्रीहरूले गर्दा हो । ल हेर्नूस् त मेरो पेन्सन पाक्न एक वर्ष पनि बाँकी थिएन, अब बर्बाद भएन ? यहीँ अफिस थियो र न नेपाल आइरहिन्थ्यो। अब त आउन पनि नपाइने भो । बाबु मर्दा त आइएन आइएन, आमाका पालिमा पनि नआइने भो ! यहाँ एक–दुई ठाउँमा घडेरी थियो, त्यो पनि बेच्नुपर्ने भो । देश भनेर हामीचाहिँ मरिमेट्ने, मन्त्री भने हाम्रा पछाडि हात धोएरै लाग्ने ? मन्त्री भएर यस्तो आतङ्क मच्चाउने ? कस्तो देशमा जन्मिएछ गाँठे ! सतीले सरापेको देश भनेको ठीकै रहेछ ।”

मित्रले देशलाई सरापे, मन्त्रीलाई सरापे र अझै केही समय त्यो आतङ्ककारी मन्त्रीको पाइन जाँच गरेर अगाडिको कदम चाल्ने कुरा दाह्रा किट्दै मलाई सुनाए । मैले पनि वाल्ल परेर उनका कुरा सुनिरहेँ ।

‘नेपाल’ साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x