साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपाल

Nepal Telecom ad

नयाँ नेपाल बन्दैछ प्रतीक्षा मात्र गर्नुहोस्
नेपालकै नाम फेरी नयाँ नेपाल राख्नुहोस् ।
पुरानाको काम छैन नयाँ नेपालमा अब
पुराना जति जे जे छन् ती सबै चीज फोर्नुहोस् ।
पुराना पुल भत्काई बाटा बन्द गराउनोस्
बूढाखाडाहरूलाई गोली हानेर ढाल्नुहोस् ।
फसादको जरो धर्म यस्को दाँत उखेल्नुहोस्
कुनै संस्कृति चाहिन्न पोली धोई पखाल्नुहोस् ।
शिक्षा पुरानो चाहिन्न नयाँ शिक्षा निकाल्नुहोस्
क्रान्तिकारी बनोस् शिक्षा क्रान्तिकै वेद रच्नुहोस् ।
क्रान्तिकारीहरू मात्र ज्ञाता घोषित गर्नुहोस्
प्रमाणपत्र बाँडेर प्राध्यापन गराउनोस् ।
गरीबको मुलुकमा धनी खतम पार्नुहोस्
सर्वहारा बनून् सारा यही नारा लगाउनोस् ।
उद्योगी अनि बेपारी दुवै शोषक जान्नुहोस्
दुवैलाई देशबाट लखेटेर भगाउनोस् ।
पत्रकारहरूबाट आफ्नै गुण गवाउनोस्९भनाउनोस्०
जो मान्दैनन् ती सबैको राम्रै ठेगान लाउनोस् ।
दाता देशहरूबाट लिन रोक लगाइयोस्
नपुगे जनता भोकै बस्न वाध्य गराइयोस् ।
सारा नियम यो तल्लो जनतामा लगाइयोस्
नेताले जे गरुन् माफ हुने नियम बाँधियोस् ।
विदेशमा काम गर्न नदिने नीति राख्नुहोस्
गोर्खा भर्ती केन्द्र बन्द गरी यो काम थाल्नुहोस् ।
सर्वहारादेखि भिन्न पार्टी बन्द गराइयोस्
यो देश हो श्रमिकको ती मात्रै बस्न पाइयोस् ।
व्यक्तिले सम्पत्ति राख्ने अधिकार हटाइयोस्
भएको जति खोसेर राष्ट्र जिम्मा लगाइयोस् ।
सबैलाई काम दिने राष्ट्रले नै गराइयोस्
यसैको ढुकुटीबाट बस्ने खाने मिलाइयोस् ।
अनि पो साँच्चि नेपाल नयाँ नेपाल बन्दछ
त्यसलाई ठोक्नु पर्छ जल्ले होइन भन्दछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x