साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खायो लोकतन्त्र

Nepal Telecom ad

कहाँबाट नौलो सूत्र आयो लोकतन्त्र
शब्दकोशले नयाँ शब्द पायो लोकतन्त्र

सत्तातन्त्र, सडकतन्त्र हिंसातन्त्रपछि
गाउँघर शहर बजार छायो लोकतन्त्र

जनतन्त्र, प्रजातन्त्र नपुगेर हो कि
पूर्व छोडी दक्षिणबाट उदायो लोकतन्त्र

वाद खोज्दै वादी बन्ने लहर चलाउनेले
गुरुमन्त्र आजभोलि बनायो लोकतन्त्र

गोरखपुर र काशी जाने गोर्खालीलाई
छिमेकीले उपहार पठायो लोकतन्त्र

परनिर्भर भै बाँच्ने बानी परेपछि
भोको पेट अघाउन्जेल खायो लोकतन्त्र

दोष गल्ती दागहरू पखालिने भए
गायत्रीझैँ जसले पनि गायो लोकतन्त्र ।
नेपालगञ्ज, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होला कि नहोला ?

होला कि नहोला ?

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x