साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घट्टको खनखट्टे

Nepal Telecom ad

नाम– धौले लोहार
वर्ष– त्रिसठ्ठी
बयान–
देशमा घट्टको अस्तित्व नै मेरो अस्तित्व हो
नपत्याए सुनिहेर, खनखट्टे गीत गाइरहेछ
विडम्बना,
खनखट्टेको कर्मगीत सिंहदरबारसम्म पुग्दैन !

जीवनको युवकीय प्रभातदेखि
घट्ट जोतेर बाँचिरहेछु यो निर्जन भीरको फेदमा
दैनन्दिन पिस्छु देशका दुःखका गिर्खा
विडम्बना,
ती झन् आलाकाँचा भइरहेछन् !

सुन्दैछु, मेरो देशको राजनीति गतिशील छ
र त घुमिरहेछ घट्टझैं,
विडम्बना,
त्यो फगत घट्टदेखि घट्टसम्म पुगिरहेछ !

घट्ट सुतेको दिन म त भोकै मर्थें, मर्थें
वर्गयुद्ध नामधारी जनयुद्ध पनि भोकै मर्ने थियो
उसलाई बचाउँन पनि घट्टलाई सुत्न दिइनँ
ख्वाङख्वाङ खोक्दै मिमिर्रेदेखि रातिसम्म
दुनियाँका अन्नपात पिसिदिन्थेँ,
सँगै पिसिन्थ्यो योद्धाहरूको भोक
जीवनभरि घोटिएँ घट्टमा,
आवाज दिइरहेँ घट्टीय आन्दोलनमा
बिडम्बना,
म त खनखट्टेबाहेक केही हुन सकिनँ !

यै पाली जौँबाली हात लागेन हजुर
भाग्यको बारीमा असिना बर्सियो
भदौरे मकै हुरीमा तेर्सिएदेखि
मेरो प्राण घट्टेरोमा अडेको थियो
अब त ऊ त्यो कुलोको तुरतुरे पानीमा
मेरो जीवनको फैसला छ,
विडम्बना,
कुलोमाथि जेठ हिँड्न थालेको छ !

 

(केही वर्षअघिको बैशाखमा म सुदूर विकट गाउँको यात्रामा जाँदा असिनाले जौ बाली र गहुँ सबै नष्ट पारेको देखेँ । नजिकै निर्जन खोलामा घट्ट चलाएर जीविका चलाउँदै आएका एकजना वृद्ध भेटिएपछि मैले यो कविताको रचना गरेथेँ ।)

न्वादेउ– ६, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x