साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा कविता

Nepal Telecom ad

मेरा कविता–
प्रहरी झैं भैदिए हुन्थ्यो
लिखुरे मरनच्याँसे भए पनि
हातमा डण्ठा लिएपछि सबै थर्कमान बनाओस्,
सेना झैं भैदिए हुन्थ्यो
व्यारेकभित्रै बसे पनि
कालापानी र सुस्ता उछिट्टिए पनि
राष्ट्र सुरक्षाको जस पाओस् ।

मेरा कविता–
न्यायाधीश भैदिए हुन्थ्यो
वादी हारे पनि
प्रतिवादी हारे पनि
सधैं न्यायाधीशकै जीत होस्,
ईन्जिनियर भैदिए हुन्थ्यो
सडक पीच गरेको तीन महिनामै
अर्कोले सडक भत्काई दियोस्
वा
धारामा पानी नआए
वा
बिजुली बत्ती नबले पनि
तलब पाकीरहोस् ।

मेरा कविता–
व्यापारी भैदिए हुन्थ्यो
सरकारकै लगानी– आए आफ्नो गए खोलाको बगर,
शिक्षक भैदिए हुन्थ्यो
केटाकेटी पास हुन् कि फेल
आफ्नो रटान एकसुरको बनिरहोस् ।

मेरा कविता–
विद्यार्थी भैदिए हुन्थ्यो
सके डाक्टर नसके कण्डक्टर,
घरपति भैदिए हुन्थ्यो
सुविधा बिनाको रित्तो कोठाको भाडा आइरहोस्
आधुनिक कवितै भैदिए हुन्थ्यो
पाठकले बुझोस् नबुझोस्,कविले बुझिरहोस् ।

त्यसैले मलाई पनि कविता पकाउन नआउने भएर
काफिया मिलाए पुग्ने गजल लेख्न थालेको छु
पाठकले बुझोस् नबुझोस्
म आफैले
खुब बुझ्ने गरेको छु
मेरा गजलहरू
मर्मस्पर्शी हुने गरेका छन्
पीडाले छटपटाउने गरेका छन्
यस्तरी छट्पटाउने गरेका छन् कि
कहिले काहीँ पानीमा पनि छट्पटाउने गरेका छन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x