साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल नौलो

Nepal Telecom ad

यता देश खाने उता देश लाने,
कुरा यी नमानेपछि ज्यान जाने ।
उतैबाट भित्रीरहेको छ औलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

लफङ्गा र झल्ला बढे यत्रतत्र,
भए कुन्डले मन्डले झन् प्रसस्त ।
यिनैले गरे देशमा भाँडभैलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

हिमालीय छानो छ यो देश सानु,
तथापि त्यहाँ पर्छ मागेर खानु,
दुखी दीनका निम्ति गाडिन्छ मौलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

उता गाउँमा मर्नलागे गरीब,
यता केन्द्रमा मोजमस्ती अतीब ।
दुखी छट्पटिन्छन् नपाएर जाउलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

चुनावीय भो देशको संविधान,
सबै छन् बसेका यही देश खान ।
अलेली गरेरै खनिँदैछ खौलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

यहाँ भाइभाइ प्रतिद्वन्द्व भा’छन्,
दयाधर्म सारा हराएर गा’छन् ।
बगेको छ उर्लेर जातीय खोलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

पुरानो भयो देशको संस्कृतित्व
भनी ल्याइँदैछन् विदेशीय वस्त्र ।
कठै जेलमा छन् नि साडी र चोलो !
त्यसैले बनेको छ नेपाल नौलो ।।

छ नेतृत्वलाई अनीकाल कत्रो,
त्यसैले त चाहिन्छ सत्तो र भत्तो ।
पुरा देशले नै भिरेको छ झेउलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

उहिल्यै थिए जातमा चार मात्र,
हिजो आज छन् चार्सए जातभात ।
ठुलाले यही नै भनेको, गरेको
हुनाले बनेको छ नेपाल नौलो ।।

सुरूङ्गा, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x