साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोडा र घोडाहरू

Nepal Telecom ad

उसलाई पनि दुख्छ होला
तर दुख्यो भन्दैन
बोल्दैन मान्छेझैं
बरू आफ्नै भाषामा रिसाउँछ
हिन्हिनाउँछ
बुर्कुसी मार्छ
दगुर्छ आफ्नै रफ्तारमा
उसकै पिठ्यूँमा लगाम समातेर
सानले बसेको मालिकबाट
चाबुक हान्न थालेपछि !

उकालो–ओरालो बाटो होस्
या, अप्ठ्यारो भिरालोमा पनि
घोडाले मालिक बोक्नैपर्छ
ऊ स्वतन्त्र छैन
बाँधिनै पर्छ तबेलामा
जिनकाँटी खोले पनि !

घोडा चढ्ने मालिकहरू
जाति–जातिमा छन्
पार्टी–पार्टीमा छन्
घोडा चढ्ने मालिकहरू
मन्दिर– मन्दिरमा छन्
मस्जिद– मस्जिदमा छन्

घोडा चढ्ने मालिकहरू
चर्च– चर्चमा छन्
घर– घरमा छन्
घोडा चढ्ने मालिकहरू
गाउँ–गाउँमा छन्
सहर–सहरमा छन्

र त, घोडा चढेका मालिकहरू
चोकचोक
र गल्ली–गल्लीमा
सालिक भएर आए
गजूर भएर दरबारमा
सिंहदरबारमा हजूर भएर आए !

परिश्रमको पसिनाले भिजेको
ठेला परेका हातहरूमा
या, खडेरीले खाएको खेतझैं
फुटेका आफ्नै कुर्कुच्चाहरूमा
तिमीले घोडेनाल ठोकेको देखेका छौ ?

आकाशै झुकाउने महंगीमा
बर्बरताको भारी पहाडजस्तो
तिमीले आफ्नै पिठ्यूँभरि
जिनकाँटी बोकेको देखेका छौ ?

तर म देखिरहेछु
घोडा बनाएर
उहिलेदेखि अहिलेसम्म
मालिक र सालिकहरूले
हामीमाथि नै घोडा चढिरहेको ..!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x