मरुभूमि नारायणज्यान
नाम पर्यो सुवास बसाइँ सर्यो प्रवास
खबर छैन खास यौटीको लाग्यो आश
कहाँ पर्यो वगैँचा कहाँ फुल्यो फूल
लामखुट्टेले टोकेर टाँगेको नि झुल ।
कहिले लेख्छु गीत, कैले लेख्छु कविता
कैले आउँछे रिचा कैले आउँछे सविता
यौटीलाई हिजो, अर्की आज भेट्या छु
छुटोस् प्रिति भनेर सारङ्गी नि रेट्या छु ।
धोका दिने कि नदिने सोच्नै सकिनँ
यो कस्तो जाल हो बझ्नै सकिनँ
पक्कै भेट्छु भनेर दोबाटोमा ढुकेँ
दुबै भेट्न आउँदा भने खाटमुनि लुकेँ ।
कोठाबाट निस्केर ओठाँ बढाएँ गति
यौटी आई भनी मेरो पो थ्यो पति
त्यही बेला रिचा र सविताले भेटे
घोक्रो समाइ मेरो झण्डै घाँटी रेटे ।
दुबैलाई माया गर्ने म कस्तो केटो
मार्छन् होला मलाई काटिहाल्छु नेटो
भाग्दाभाग्दै सविताले समाइहाली कान
झण्डै लिए दुबैले यही मेरो ज्यान ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest







































