टीकाराम रेग्मीपरिचय
सोमराज र उनकी बुढी आएको केही दिन छोरो मेघनाथ र बुहारीले निकै चासो दिए । देखाउन लायक ठाउँहररू देखाए । नयाँ परिकार खुवाए । बुहारी चन्द्राको बोली तथा व्यवहार छोरीको जस्तै रह्यो । बुढाबुढी रमाए ।
सोमराज तिमल्सिना । पूर्व प्राध्यापक । आफ्ना दुई सन्तानको लागि समयनाकुल प्रतिष्पर्धात्मक पखेटा प्रदान गरिदिन आफ्नो क्षमताको राम्रो उपयोग गरेका थिए उनले । यसको निम्ति यदाकदा आइपरेका गौंडाहररूमा प्राय सत्ताको निकटस्त प्राध्यापकीय पदको राप र तापले भ्याएसम्म लिस्ना, टेका, अखेटा र क्रेनहररू लगाउँदा आफूलाई बलेकै आगो ठान्थे । छोरा बुहारीलाई अमेरिका पठाउन पनि उनका सबै हतियार हैसियत अनुसार प्रयोग भए नै ।
उदाएकाका घाम अस्ताए । अस्ताएकाका उदाए । जाडो गयो, गर्मी आयो । गर्मी गयो, जाडो आयो । सोमराजको जीवनमा पनि यो नियम लागु भयो । छोरा बुहारी घरको किस्ता, गाडीको किस्ता, टीभीको किस्ता, मोवाइलको किस्ता, ल्यापटपको किस्ता, इन्स्योरन्सको किस्ता तथा अन्य घरायसी ऐसआरामका बिलासी वस्तुसँग दिन रात साट्दै थिए । बाबुआमासँग आक्लझुक्कल भेट भने हुन्थ्यो । बस, कोठा तथा नाति । दुई बर्षको नाति खोलाउँदै भान्सा हेर्दै दिन काट्न बुढीलाई समस्या भएन । तर बुढालाई भने फ्ल्याटमा बसेर समय कटाउन कठिन हुन थाल्यो । जान थाले पार्कतिर ।
एक दिन एउटा विदेशी भेट भयो । खिस्स हाँसे जस्तो गर्यो, गयो । एक नेपाली भेटे सोधी हाल्यो– ए तपाईं त मेघनाथको बुवा है ? अर्को भेटियो सोध्यो, ए तपाईं त चन्द्रराको ससुरा है ? बुढाले आफ्नो परिचय सम्झे । घरबाट निक्ल्यो कि नमस्कार सर, आराम हुनुहुन्छ ? … दुई जना मात्र हुनुहुन्छ, केही अप्ठ्यारोमा खबर पाउँ है, सर । हामी छौं नि । …सर, के चाल गर्नु भएको छ ? … अहा, सरको आजको लेख, आदि आदि ।
त्यो रात सोमराजलाई निद्रा लागेन । लाग्न थाल्यो कुनै दिन यस्तो समय पनि आउने छ मेगानाथ, “योर फादर इज डाइङ, बट डु यू थिङ्क वी सुड डु ?” हस्पिटलबाट फोन जाने छ, छोरोलाई । उसको जवाफ हुनेछ, “ओह, आम एक्स्ट्रीम्ली सरी, प्लीज कीप द डेड इन अन् आइस बक्स, प्लीज । आम बीजी ।”
भोलिपल्ट बिहानै बुढाले भने, “ल बाबु, हामी घर जान्छौं, तयारी गरी देऊ ।”
२०७१ आषाढ ११
Subscribe
Login
0 Comments
Oldest







































