साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको १९ औँ कार्यक्रम

Nepal Telecom ad

काठामाडौं, जोरपाटी/२०७१ असार १४ । घुम्ती कविगोष्ठीको १९औँ कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम घुम्ती कविगोष्ठीका सदस्य ऋचाको संयोजकत्वमा ऋचाकै घर बेँसीगाउँ, जोरपाटीमा सदा र्झैं बिहान ७ बजेबाट सुरु भई ९ बजे सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार कणाद महर्षि, महाकाव्यकार वेदमणि घिमिरे, कवि मेनका पोखरेल, परशुराम पराशर, प्रदीपरत्न शाक्य, बालमुकुन्द कार्की, राजेश चोच्छे, रामकुमार पण्डित क्षेत्री, स्मिता श्रेष्ठ, उदय मिश्रलगायतले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

हरेक कविले प्रत्येक कविका कविताको समीक्षा गर्ने प्रथा रहेको यस कार्यक्रममा कवि प्रदीपरत्न शाक्यले आफ्नो आगामी असार १९ गतेको जन्मदिनको उपलक्ष्यमा घुम्ती कविगोष्ठीलाई रु. ५०००।– (पाँचहजार रुपैयाँ) सहर्ष सहयोग गर्नुभएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x