साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यान्सर

Nepal Telecom ad

म समाचारपत्रमा समाचार पढ्दै गरेका बेला मेरो अमेरिकन साथी आइपुग्यो मलाई भेट्न र मलाई प्रश्न ग¥यो– ‘के गर्दै छौ म्यान ?’

मैले तेरिया मगरले ‘डान्स इण्डिया डान्स’ कार्यक्रममा प्रथम भएको फोटो छापिएको र सो सम्बन्धमा लेखिएको समाचारको अंश ऊ भएपट्टि फर्काएर देखाउँदै गर्वकासाथ भनेँ– ‘यी देखेनौ हाम्री नेपाली चेलीले अरबौं जनसङ्ख्या भएको इण्डियामा गएर डान्स कम्पिटिसनमा भाग लिइन् र जितेर समेत देखाइ दिइन् । त्यसैको समाचार पढेको नि ।’

मैले देखाएको फोटो तर्फ उसले पुलुक्क हे¥यो र भन्यो– ‘ए !’ अनि फेरि उसले तुरुन्तै प्रश्न पनि राख्यो– ‘उसो भए, के हुन्छ त अब ? त्यो डान्स कम्पिटिसन जितेर ।’

‘ल के हुँदैन ? देशैभरि तेरियाको अभिनन्दन हुन्छ जनस्तरबाट, पूरै देशबासीले उनलाई चिने । विदेशमा गएर समेत आफ्नो देश र आफूलाई नेपाली हुँ भनेर चिनाउने चेली भनेर र अझ चौधै वर्षको उमेरमा, कम्पिटिसनबाट सोह्र–सोह्र लाख नेपाली रुपैयाँ समेत पाउँने भइन् उनले । अनि योभन्दा बढी के चाहियो ?’– मैले पनि गजक्क परेर उत्तर दिएँ । मानौं तेरियाका ठाउँमा म आफैंले कम्पिटिसन जितेर आएको हुँ झैं गरेर ।

‘तिम्रो राष्ट्रले दिएको हैन त ।’– उसले निचोरिएको कुरा ग¥यो ।
‘देला नि समय आएपछि ।’– मैले ढिपी गर्न छोडिनँ । र थपेँ– ‘पख न प्रधानमन्त्री त फोक्सोमा क्यान्सर भएर उपचारका लागि अमेरिका गएका छन्, अरु पनि वरिष्ठ जति बिरामी छन् अलि सन्चो होस् न अनि… ।’– मैले टार्न खोजेँ ।

मेरो ढिपी देखेर ऊ अलिकति उत्तेजित हुँलाझैं भयो र उपेक्षाको हाँसो हाँस्तै भन्यो– ‘दियो नाप्यो, टर्कीमा मिसवल्र्डको कम्पिटिसन् जितेकी दृष्टि दहाललाई धन्यवादसम्म नदिने निकम्माहरूले तेरियालाई पनि दिँदैदन् । केको फूर्ति गरिराखेको ?’ र फेरि प्रश्न पनि थप्यो– ‘किन थाहा छ ?’

‘किन ?’

‘मेरो बिचारमा, तिम्रो देशमा मति र बुद्धिमा क्यान्सर लागेका मान्छेमात्र राजनीतिमा लागेको हुनुपर्छ, त्यसैले ….।’ उसले उत्तर दियो ।

जुरोपानी–४, झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x