जीवन ‘पीडित’ दाहालक्यान्सर
म समाचारपत्रमा समाचार पढ्दै गरेका बेला मेरो अमेरिकन साथी आइपुग्यो मलाई भेट्न र मलाई प्रश्न ग¥यो– ‘के गर्दै छौ म्यान ?’
मैले तेरिया मगरले ‘डान्स इण्डिया डान्स’ कार्यक्रममा प्रथम भएको फोटो छापिएको र सो सम्बन्धमा लेखिएको समाचारको अंश ऊ भएपट्टि फर्काएर देखाउँदै गर्वकासाथ भनेँ– ‘यी देखेनौ हाम्री नेपाली चेलीले अरबौं जनसङ्ख्या भएको इण्डियामा गएर डान्स कम्पिटिसनमा भाग लिइन् र जितेर समेत देखाइ दिइन् । त्यसैको समाचार पढेको नि ।’
मैले देखाएको फोटो तर्फ उसले पुलुक्क हे¥यो र भन्यो– ‘ए !’ अनि फेरि उसले तुरुन्तै प्रश्न पनि राख्यो– ‘उसो भए, के हुन्छ त अब ? त्यो डान्स कम्पिटिसन जितेर ।’
‘ल के हुँदैन ? देशैभरि तेरियाको अभिनन्दन हुन्छ जनस्तरबाट, पूरै देशबासीले उनलाई चिने । विदेशमा गएर समेत आफ्नो देश र आफूलाई नेपाली हुँ भनेर चिनाउने चेली भनेर र अझ चौधै वर्षको उमेरमा, कम्पिटिसनबाट सोह्र–सोह्र लाख नेपाली रुपैयाँ समेत पाउँने भइन् उनले । अनि योभन्दा बढी के चाहियो ?’– मैले पनि गजक्क परेर उत्तर दिएँ । मानौं तेरियाका ठाउँमा म आफैंले कम्पिटिसन जितेर आएको हुँ झैं गरेर ।
‘तिम्रो राष्ट्रले दिएको हैन त ।’– उसले निचोरिएको कुरा ग¥यो ।
‘देला नि समय आएपछि ।’– मैले ढिपी गर्न छोडिनँ । र थपेँ– ‘पख न प्रधानमन्त्री त फोक्सोमा क्यान्सर भएर उपचारका लागि अमेरिका गएका छन्, अरु पनि वरिष्ठ जति बिरामी छन् अलि सन्चो होस् न अनि… ।’– मैले टार्न खोजेँ ।
मेरो ढिपी देखेर ऊ अलिकति उत्तेजित हुँलाझैं भयो र उपेक्षाको हाँसो हाँस्तै भन्यो– ‘दियो नाप्यो, टर्कीमा मिसवल्र्डको कम्पिटिसन् जितेकी दृष्टि दहाललाई धन्यवादसम्म नदिने निकम्माहरूले तेरियालाई पनि दिँदैदन् । केको फूर्ति गरिराखेको ?’ र फेरि प्रश्न पनि थप्यो– ‘किन थाहा छ ?’
‘किन ?’
‘मेरो बिचारमा, तिम्रो देशमा मति र बुद्धिमा क्यान्सर लागेका मान्छेमात्र राजनीतिमा लागेको हुनुपर्छ, त्यसैले ….।’ उसले उत्तर दियो ।
जुरोपानी–४, झापा, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































