साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाइजो

Nepal Telecom ad

‘छोरीको बिहेको कुरा त पक्का भो अब बिहे पो कसरी गर्ने होला … कस्ता खालका कुटुम्ब हुन् … !’ पौडेल सर गहिरो चिन्तामा थिए । मिठाईको थाली टेबुलमा अघि सार्दै भने– ‘केटाकेटीबाट मनपरापर भयो । अब हाम्रो काम बाँकी रह्यो बिहे कहाँ कसरी गर्ने हो बसेर सल्लाह गरौँ ।’

नेपालजीले मिठाइ हातमा लिदैँ भने– ‘हेर्नोस् हामीलाई दाइजो चाहिँदैन । हामी दाइजोको शख्त बिरोधी हौँ । सरकारले पनि यससँग सम्बन्धित् विधेयक पनि ल्याएको छ रे भन्ने सुन्दैछु । बिहे साधारण तरिकाको हुनुपर्छ । तपाईं हामी जस्ताले दाइजो प्रथाको बिरोध नगरे अरु कसले गर्ने ? दाइजोका कारण कैयौं महिलाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको कुरा हामीबाट छिपेको छैन । हुन् पनि हामीलाई किन पो चाहियो र ? अर्काको सम्पतिले कतिदिन पो पुग्छ र ? हामीसँग घर छ, गाडी छ, केटो पढेलेखेको जागिरे छ, हेन्डसम छ । अरु के चाहिएको छ र ? उसै पनि अनुप दाइजोको शख्त बिरोधी हो । कुरै सुन्न चाहँदैन । हामीलाई त खाली असल केटी चाहिएको छ । हाम्रो पनि रहरको बिहे हो । फेरी फेरी गरिन्न क्यारे ! हाम्रोतर्फबाट त बुहारीलाई भनेर भने जति गहना तयारी गरिसकेका छौं ।’ नेपालजीका कुरा सुनेर पौडेल सर ढुक्क भएर लामो सास फेरे ।

खुसी भएको देखेर नेपालजीले भने– ‘हेर्नोस् पौडेल सर। आजकल छोरीको बिहे गर्न दश पन्ध्र लाख भनेको त मामुली कुरा हो । बाँकी चलीआएको चलन आफन्त नातागोतालाई कपडा अनि सम्मान स्वरूप नगद रुपैयाँ, राम्रो गेस्टहाउसमा खाने बस्ने व्यवस्था त भनिरहनु पर्दैन । हामी दाइजो खोजिरहेको छैनौं, आफन्तहरू धेरै छन् खान्दानी परिवार हो, ठूलो छ । सबै जन्ती जान खोज्छन्, नल्याउँदा पनि चारपाँच सय त भैहाल्छन् । जन्तीहरूलाई पछि टिका टिप्पणी गर्ने ठाउँ नदिउँ । यसो खाममा पैसा हालेर दिँदा नि चल्छ । ज्वार्ईंलाई छोरीलाई दिन त आफ्नैलाई त दिनु हो नि ! अफिस जान आउन, आफ्नै छोरीज्वाईंलाई यसो सपिङ गर्न जान सजिलो हुन्छ । बाइक किन्नेबेलामा चाहिँ खबर गर्नुहोला, राम्रो कम्पनि मैले चिनेको छु मिलाएर दिन्छ । यसो फलानाको ससुरालीबाट आएको भन्न नि हुन्छ । छोरीको इज्जतका लागि, दराज, टिभी, फ्रिज गृहस्थीका लागि चाहिने समान… ! ज्वाईंलाई सिक्री ब्रासलेट, छोरीलाई गहना यी सब कुराहरू त जस्तै नहुनेले पनि दिने गर्छन् । बरु एउटा कुरा गरौँ कि… गाडीको भाडा चाहिँ हजुरको तर्फबाट गर्नुपर्छ । अरु पछि दुल्हन फर्काउदा गर्ने चलन चाहिँ पछि नै एक पटक श्रीमती आउँछिन्, उनीसँगै बसेर कुरा गर्दा हुन्छ ।… फेरि तपाईंहरूकी त एक्लीछोरी हुन् क्यारे समाजको अगाडि इज्जत फ्याँक्नु पनि त् भएन नि… ! तपाईंहरूलाई जे दिन मन लाग्छ आफ्नै छोरीलाई हो, निस्फिक्री दिन सक्नुहुन्छ । हाम्रो परिवार दाइजो प्रथाको शख्त बिरोध गर्छ ।’

पौडेल सर भने हुवाला सम्धी नेपालजीका कुरा सुनेर पहिले अक्क न बक्क भए । अनि उनको दाइजो विरोधी चिन्तन छर्लङ्ग बुझेर गहिरो सोचमा डुबे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x