साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाभ्रष्टाचारी

Nepal Telecom ad

मैले मेरो कर्तव्य सक्दो निर्वाह गर्ने प्रयत्न गरेँ,
जीवनको लेखाजोखा पेशासँग गरेँ,
भागीरह्यो मेरो नजिकको अनाचार
आफ्ना खुसीहरू भन्दा समुदायको खुसी देख्नचाहेँ,
यी सारा दोष मैले गरेँ त के मैले उचित गरेँ,
लाग्छ मैले गरेकै हुँ मेरा उपर र समुदाय उपर भ्र्रष्टाचार ।

मैले तरक्की नदेखिने ठाउँबाट गर्नुपथ्र्यो,
आफ्नाको भन्दा आफ्नो खुसी हेर्नुपथ्र्यो,
कमाईलाई ध्यान दिनुपथ्र्यो, त्यो चाहे जसरी होस् ।
यी सब मैले गरिनँ,
बनीरहेँ आत्मिक सदाचारी,
मेरा भन्दै मनोमानी त्याग बढी भो,
त यो भ्रष्टाचार नभई के हो अचेल
हो म ठोकुवा गर्छु कि म भ्रष्टाचारी ।

भ्रष्टाचार मेरो लत भइसक्यो
नियत हराम छ मेराउपर
खाता सबै निल छन्
कपडा सबै थोत्रा छन्
साथी सबै इमानहीन
यी सव उपर म कहाँ बेखवर छु ?
कहाँबाट आयो यो विभत्स लाचारी ??
तर म उदार छु कि, छोड्दे बजुरेल यी सबकुरा ।

यी सब सङ्केत मेरो कुनियतका होइनन् र ?
त कसरी नहुनु म भ्रष्टाचारी ?
कामको शुरु आफैं गर्छु,
सीपको प्रयोग एक्लै गर्छु,
कार्यभार धान्न खोज्छु गलेरै,
काम चोरको सट्टा काम गर्छु,
थाह त छ बाँचिन्न निराहारी,
महात्मा गान्धी कहाँ बाँचोस् अचेल
कलिमा मेरा सबै सबै अवयव छन् दुनिर्यत
जरुर हुँ म भ्रष्टचारी ।
मैले पेशासँग बेइमान गरेँ,
आफन्तको नामै नलिई अरुका काम खोज्नथालेँ,
कुर्सीमुनि हात आउँथे तिनलाई घोच्नथाले,
काका भतिजा सन्तोष छैनन् मबाट,
बचत छैन सन्तानको सुख,
श्रीमतीका कान तातेका छन्,
पित्तलका पाताहरू सहेर,
यी सबको सन्तुष्टिको ख्याल के मेरो चासो होइन ?
यो कस्तो हो आफ्नै लाचारी
मित्र,
यी सब जानेर पनि मेरो नालायकी ढाक्नुहुन्न मित्र,
मलाई घस कालोमोसो, जुत्ताको हार तयार गर,
म करार गर्दैछु कि म हुँ महाभ्रष्टाचारी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x