साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पापको धन

Nepal Telecom ad

कोठाबाट बाहिर निस्केर बेञ्चमा टुसुक्क बस्दानबस्दै, पल्लो कोठाबाट मोटामोटी सत्तरी पचहत्तरका बुढा मान्छे लड्खडाउँदै बाहिर निस्कँदै गरेको देखेँ । कता लोट्छन् कि जस्तो लाग्यो, हातको सहारा दिएँ ।
“बुवा कहाँबाट ?” सोधें ।
“भैरहवाबाट ।” दबित स्वरमा बोले बुढा ।
“एक्लै ?” म बसिरहेको बेञ्चमा बसालेपछि सोधेँ ।
“कसलाई ल्याउँ त ?” बुढी आउन मानिन । बुढाको सास फुल्दै थियो ।
“अनि यस्तो बेला यहाँ किन त ?”
“कति अस्पताल गएँ, डाक्टरहरू औषधि लेख्दिन्छन् खायो, तीन दिन अलिक सहज हुन्छ, त्यसपछि उस्तै । गाउँलेहरूले यहाँ हुन्छ भनेको सुनेँ, आएँ । अब यिनीहरूले जे गर्लान् गर्लान् ।” बुढाले बल्ल बल्ल यति भनी सके र स्याँ स्याँ गर्न लागे ।

“अनि छोराछोरी छैनन् त यस्तो बेलामा सहयोग गर्नलाई ?”
“छन् नि किन नहुनु । तर के काम ? तिनलाई नोट छाप्दै फुर्सद छैन । म किन चाहिएँ र अब ?” बुढाले आँखा टिलपिल पारे ।

भने, “हिजो के ख्वाऊँ, के लाइदिऊँ भन्ने बेला मरिहत्ते गरेँ, यो जीवनमा के गर्न हुने गरेँ, के गर्न नहुने गरेँ, सबै गरेँ ।” बुढाले भुँडी देखाए र भने “हेर बाबु, यो भुँडीमा के छैन ? अलकत्रा, कोइला, मट्टीतेल, डिजेल, पेट्रोल के के भन्छौ, रत्नपार्कको फोहोर र आर्यघाटको दाउरा पनि यसैमा छ । त्यति मात्र होइन, भान्जीलाई घडेरी किन्दाको कमिसन होस् कि, भाइलाई अंश होस् । तर के काम अब ती सबैको ?” बुढाका आँखाबाट तरर नदी बगे ।
म भने निशब्द टोलाई रहेको थिएँ ।

बुढा स्याँ स्याँ गर्दै फेरि बोले, “बाबु, मलाई राम्ररी बोल्न र हिँड्न मात्र सक्ने बनाइ दियो भने यो प्राकृतिक चिकित्सालयलाई पचास लाख चन्दा दिन्छु । कसलाई राखूँ र त्यो पापको धन ?

रजहर १, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहत

राहत

टीकाराम रेग्मी
जुत्ता

जुत्ता

टीकाराम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x