साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलम र युगको झेलखाना

Nepal Telecom ad

वर्तमान लेख्दालेख्दै ढिका झरेको
बलपेनको सुईरो फेर्दै गर्दा
ईतिहासका अवाक् पिडित आत्माहरु
सुस्केरा हालि अत्याउँछन् कहिलेकाहीँ

बाबुबाजेको युद्धअहंम हार्दा
युद्धपिपासुसँग साँटिएकी राजकुमारी,
राजा महाराजाहरुको खोपीमा
बासनाको सिकार भएकी धाईआमा र सुसारेहरु,
महारानीको बस्त्र मिलाउँदा मिलाउँदै
निर्बस्त्र भएकी सुकुमारीहरु,
ईतिहासमा बोली गुमाएका अबलाहरु
खै किन हरेक सपनामा आजकाल
आफ्नो पीडा कोरिदिन याचना गर्छन् ।

शासकहरुको \’तारोखेला\’ सच्याउन
ज्यान थाप्न बाध्य पारिएका
लाखौं आदिबासी \’चक्मा\’ छातीहरु
भाँचिएको कंकाल देखाई
सपनामा रुन्छन् सँधै,
भन्छन् :
आदिम उत्पीडनको एक हरफ कविता लेखिदेउ
म भन्छु :
त्यतिखेर तिमीलाई रुवाउने तानाशाहका आत्मा
मुक्तिको भ्रम छर्दै
हजारौंको जीवन निखारेर आजकाल
सेता-राता दरबारमा रौसिँदैछन् ।

स्पार्टाकस युगमा बर्बर दबाईएका,
ईतिहासका ननिभ्ने ऊर्जाहरु
बारम्बार भन्छन् :
धिपधिपे बल्दै गरेको युगको दियोमा
तेल थपिदेउ र जगाईदेउ विद्रोहको राँकोलाई
म भन्छु :
विद्रोहको मसाल समात्न नजान्दा
हरेक युगका हरेक स्पार्टाकस
छलकपटले जलाईएकै छन् ।

महाभारतकी द्रौपद्री,
उस्तै निरिह कर्ण,
रामायणकी सीता,
उस्तै, सोझा हनुमान,
आजकाल सपनामा
तिम्रो कलमले ईतिहासको झुटो हरफ केरिदेउ भन्छन्,
म भन्छु :
कलम बिक्दै गरेको युगमा
कसरी नबिक्ने सत्य लेख्ने \’कु\’चेष्टा गरुँ ?

अर्धचेतमा देखेका यी सपनाहरु
अर्धसत्य हुन किन सक्दैनन् ?
किन युग सँधै बर्बराउँछ
निदाएकाहरुको ओठमा ?
किन कंकालहरु नै स्वयं
सत्य भनिएको युगलाई झुटो दाबी गर्छन् ?
किन ईतिहासका सफेद झुठ लेख्दा
बलपेनको ढिको झर्दैन ?
लाग्छ : युगको झेलखानामा
कलमहरु अन्याय बक्न मान्दैनन् ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x