साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बुढोरूख झैं !

Nepal Telecom ad

भित्र भित्रै निकै खिईएर
खोक्रो भएपनि
बाहिर बाहिरै बोक्राले अड्याएको
धोद्रिएको, खोक्रिएको
जराहरू कुहिएको
बुढो रूख
जसलाई हावाको सानो झोक्काले पनि
बखत बखतमा ढाल्न सक्छ
म त्यहि बुढो रूखझैं भएछु !

बारम्बार भेलझैं उर्लेर आउछ
हिनताबोधका हिमनदीहरू
तर पनि घात गरेर
आफैभित्रको खोक्रोपनि माथि
अपाङ्ग आत्मविश्वासको बैशाखी टेकेर
बुख्याँचा भै उभिन्छु म निरन्तर …

अस्तित्वहीन अस्तित्वहरू
अस्तित्वमा परिणत नभएजस्तो
जलप लगाउँदैमा धातुहरू पनि
खै कहाँ सुनै भएर आउँदारहेछन र ?
यसैले सायद खित्का छाडेर हाँस्छ
मैमुनि बसेको मेरै नाथे कुर्सी पनि
र त्यसैले आगोका फिलुङ्गाजस्तो
आँखाको धनुषबाट मेरै छातीमा
बारम्बार तिखो बाण प्रहार गर्छ
र बरफजस्तो जमेका पीडाहरू
उप्काईउप्काई भन्छ –
आँखाभरि समुन्द्र बोक्न
विवश छन् यहाँ थुप्रै विवशहरू
ती जस्तै हुँन
हुस्सुले छोपेको घामझैं
न कि, घामलाई छोपेको हुस्सुझैं
हुस्सुहरूले ढाकेको बुढोरूखझैं … !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x