साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दानवयुग र म

Nepal Telecom ad

मान्छेहरू काटिएका छन्
घाासझैं
चर्तिकला तलतिर झुण्डेर
घोषणपत्र अल्झिएको छ
प्रेतहरू
खुल्ला नाचिरहेछन्
बाटाहरूमा
मान्छे नग्न भएको छ
स्वतन्त्रताको बागमा
मान्छेले नै मान्छेको मासु खाइरहेछ
यति बेला
माँखाझैं मान्छे भन्कीरहेछ
वर्गराज्यमा
अगिनहरू मान्छे ओकली रहेछ
बारुदले पिइरहेछ
अधमरा मानिसहरू
मूक बनिरहेछन्
युद्ध भूमिमा
हजारौँ बालकहरू मारेर
गौरवशाली ठानीरहेछ
विषादी धुँवा फ्याँकेर
बाख्राका पाठाझैँ झुण्ड्याइएको छ
हृदय सहन सक्तैन
साङ्लाले बाँधिएको कानुन
सडकमा ठिङ्ग उभिन्छ
गोराहरूको अन्याय
कतिकति भनेर सकिन्न
सिद्धान्त पत्र
भुइँमा टाँसिएको छ
सलाम मार्दै
घाम लाग्नु पथ्र्यो
आकाशमा घाम छैन
पृथ्वीमा मानवता छैन
एउटा शहरमा
लाखौँ बालक मारिएका छन्
अन्धकार बोलीरहेछ राजनीति

अनुनयका कविता लेखिरहेछु
काल्पनिक समाज सोचेर
धरहरालाई ठेस लगाउँदै हिँडीरहेछु
चोइटाझैं चोइटेर
खोई त मानव परिवर्तन भएको
यो युग पट्टि बाँधेर बस्छ
ऊ यसरी बस्नुहुन्न
बसिरहेछ
मान्छे र बालक मार्ने शृङ्खलाहरू
चुलिएर उठिरहेछन् शासन गर्न
मैले सलाम गरौँ
ती बालकहरूलाई
कविता लेख्न बसेँ
अरिङ्गाल जस्ता मानिसहरू
भट्टीको आगोझैं बलिरहेका थिए
आँखाबाट पानी बगिरहे
निरन्तर

क्रान्तिको युग भनेर
हुचिलझैं चिच्याइरहेछु
एउटा प्रतिज्ञामा
पूर्वीय दर्शनै अँगालेर
पहाडझैँ उठेको छु ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x