साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्ल्याम्म ढल्छ अब

Nepal Telecom ad

प्रभुले टेका लाको सरकार गर्ल्याम्म ढल्छ अब
यिनको चिता आर्यघाटमा दनदनी बल्छ अब ।

हरूवा घाँसखोरी भ्रष्टाचारीको जम्बो जमात यो
प्राण जाँदा जीउ तनक्क तन्काएर चल्छ अब ।

आफ्नै पार्टी भित्र बिद्रोह भएपछि अलिअलि
स्वचालित सरकार यो फताफुतुक्क गल्छ अब ।

लाखौंको जनसागरले हानेको वाँणको निशाना
लाग्छ यिनको मुटुमा हेरौं कसरी छल्छ अब ?

चौतर्फी दबाव खेप्दा कतै ठाडै ढल्ने हो कि ?
आफ्नो मुहारमा आफैंले कालोमोसो दल्छ अब ।

छाउने छ उषाको लाली सबको घर गोठमा
नामर्द परपोषण सरकार तुरुन्त जल्छ अब ।

तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
ऊ त्यो पार्टीले…

ऊ त्यो पार्टीले…

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x