साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्जक सुवेदी अभिवादन समिति बन्यो

Nepal Telecom ad

नेपाली साहित्यका विशिष्ट व्यक्तित्व प्रा. रानेन्द्र सुवेदीको निस्वार्थ साहित्य सेवाको कदरस्वरूप उहाँको ७० औँ वर्ष प्रवेशका अवसरमा सुभकामना अर्पण गर्ने र आगामी वर्ष उहाँका कृति मूल्याङ्कन गरी बृहत् ग्रन्थ प्रकाशन गर्ने योजना साथ ‘सर्जक राजेन्द्र सुवेदी अभिवादन समिति २०७१’ गठन गरिएको छ । साउन १० गते राजधानीमा भएको साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको भेलाले यस्तो निर्णय गरेको हो ।

अभिवादन समितिको अध्यक्षमा प्रा.डा. जीवेन्द्रदेव गिरी, उपाध्यक्षमा रमेश भट्टराई र सचिवमा रमेश शुभेच्छु एवम् सहसचिवमा रजनी ढकाल र कोषाध्यक्षमा भागवत आचार्य रहनुभएको छ ।

समितिका सदस्यहरूमा क्रमशः प्रा.डा. महादेव अवस्थी, नरनाथ लुइँटेल, भगवानचन्द्र ज्ञवाली, धीरकुमार श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, रमेश पोखरेल, आर एम डङ्गोल, गीता त्रिपाठी, नवराज पौडेल र हेमराज अधिकारी रहनुभएको छ ।

नेपाली साहित्यका अग्रज स्रष्टा सुवेदीलाई आदर गर्दै उहाँको वास्तविक योगदानको वस्तुगत मूल्याङ्कन गर्ने योजना साथ बनेको उक्त समितिले यही श्रावण १९ गते एक समारोहको आयोजना गरी शुभकामना अर्पण र जीवनीका खास खास सूचना सार्वजनिक गर्ने एवम् वर्ष दिनभित्रमा सुवेदी केन्द्रित वृहत् ग्रन्थ सम्पादन गर्ने योजना बनाएको छ ।
समितिको पहिलो बैठकले यस समितिलाई सचिवालय स्वरूप कार्य सम्पादन गर्ने गरी स्थापना गरेको र बाँकी उहाँका सहकर्मी, स्वजन, शिष्यशिष्या आदिको मनसाय बुझी समितिमा नाम थप गर्दै लगिने योजना बनाएको छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x