जीवन ‘पीडित’ दाहालसपना
‘बाबा, यसपाली त हामी पनि काठमाडौंमा एउटा घर साना–सानो गाडी त जोड्नु पर्छ है, हामी चैं कति डेरामै बसेर टेम्पु चडिरहनु !’ –भरखर मन्त्रालयबाट डेरामा आइपुगेको लोग्नेसँग ढेप्पिँदै लाडिएर श्रीमतीले भनी ।
श्रीमतीको मागले आश्चर्यमा परेको लोग्नेले प्रतिप्रश्न ग¥यो– ‘केका पैसाले किन्ने घर र गाडी, अलि हुने कुरा पो गर्नुपर्छ त !’
‘अनि जलश्रोत सन्धी गर्न भारतका प्रधानमन्त्री नेपाल आउँने भनेको हैन र ?’– श्रीमतीले कुरा जोडी ।
‘हो नि हुन त, भारतका प्रधानमन्त्री हामीलाई घर र गाडी किन्दिन आउँने हो र ?’ –लोग्नेले प्रश्न ग¥यो ।
‘जाबो एउटा पञ्चेश्वर आयोजना जिम्मा लगाउँदा त धेरैलाई घर र गाडी जोड्न पुग्यो भन्छन् अनि देशका सबै बिद्युत आयोजना भारतलाई जिम्मा दिंदा हामीलाई घर र गाडी किन्न पुग्ने कमिसन पनि भाग लाग्दैन त ?’ –श्रीमतीले आशा भरिएको लबजमा भनी ।
जुरोपानी–४, झापा
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































