साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा २ सय २७ औं साहित्य सन्ध्या

Nepal Telecom ad

साहित्य सङ्गम मकवानपुरको नियमित २ सय २७ औं साहित्य सन्ध्या हेटौंडामा सम्पन्न भएको छ । सङगमको भवन भैरवरोडमा भएको कार्यक्रममा कवि दिपज्योती थापाले स्रस्टा विशेषका रुपमा आफ्ना तिन कविता वाचन गर्नुभएको थियो ।

प्रत्येक सन्ध्यामा एकजना स्रस्टालाई स्रस्टा विशेषका रुपमा प्रस्तुत गर्ने गरिएको छ । थापाका कवितामाथि समीक्षक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा अन्य दुई दर्जनभन्दा बढी साहित्यकारहरूका रचना वाचन गरिएको थियो । कार्यक्रममा मिनप्रसाद लामिछाने, भीम भट्टराई, राजकुमार लामिछाने, राम कार्की, मसान उपासक, निर्मला अर्याल, जेनन नेपाल, विश्वनाथ सञ्जेल, प्रमोद अधिकारी, नेत्रप्रसाद चौलागाई, अप्सरा गर्ताैला सिन्धुलीयन, अनिता न्यौपाने, अप्सरा तिम्सिनाले आफ्ना रचना वाचन गर्नुभएको थियो । यस्तै गिरिजा अधिकारी, मनु रेग्मी आशा, यश लामा, पुरुषोत्तम आचार्य, सन्तोष शंकर पाठक, उमेश तिमल्सिना, भावना सापकोटा, डा. गणेशकुमार पौडेल, मुना अर्याल, जीतेन्द्र नेपालका रचना वाचन भएका थिए ।

कवि आर. आर. चौलागाईंको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरू तुलसी घिमिरे, निमेष निखिल, तिर्थदेवी सिलवाल लगायतले मन्तव्य सहीत रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सङगमका उपाध्यक्ष सुवास खनालले गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x