साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्टुनिस्ट रविन सायमीलाई वासुदेव पुरस्कार

Nepal Telecom ad

वि.सं. २०७० सालको वासुदेव लुइँटेल पुरस्कार वरिष्ठ व्यङ्ग्य चित्रकार श्री रविन सायमीलाई प्रदान गरिने भएको छ । साउन १४ गते बसेको बासुदेव—विद्यादेव लुइँटेल गुठीको बैठकले सायमीलाई उक्त पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार रुपैयाको रहेको छ । बिगत लामो समयदेखि व्यङ्ग्यचित्र मार्फत हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याएकोमा उहाँको उच्च मूल्याङ्कन गर्दै सम्मानित गर्न लागिएको गुठीले जानकारी दिएको छ ।

सायमीले विभिन्न साप्ताहिक र दैनिक पत्रिकामा चोटिलो एवं बौद्धिकस्तरका व्यङग्यचित्र कोर्दै आउनु भएको छ । उहाँ अहिले नेपाल रिपब्लिक मिडियासँग आबद्ध हुनुहुन्छ ।

२०५० सालमा स्थापित गुठीले २०५१ सालदेखि हास्यव्यङग्य साहित्य, अभिनय र व्यङग्यचित्रमा हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म मोहराज शर्मा, टेकवीर मुखिया, रामकुमार पाँडे, मदनकृष्ण हरिवंश, गोपालराज मैनाली, केशवराज पिंडाली लगायत दशजना हास्यव्यङ्ग्य स्रष्टाहरू यस पुरस्कारले सम्मानित भइसकेका छन् । पुरस्कार वासुदेव लुइँटेलको जन्मदिनको अवसर पारेर भाद्र २३ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने भएको छ ।

व्यङ्ग्यचित्रका सिद्धहस्त शिल्पी रविन सायमीलाई फित्कौलीको खित्कौलीपूर्ण शुभकामना र हार्दिक बधाई ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x