साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अग्रयात्रा

Nepal Telecom ad

बग्दाबग्दैको पानी छाँगाबाट खसे पनि
हावाले हानेर हल्ली रहेका हरिया पातहरू
हाँगाबाट खसे पनि
डाली–डाली डुलिरहेको चरा
आकाशतिर उडे पनि
पिँजडाभित्र फसे पनि
मानिसका स्वरहरूबाट
बेसुरा राग निस्किरहे पनि
घाम लागे पनि नलागे पनि
पानी परे पनि असिना परे पनि
प्रकृतिका सारा सुन्दरता
मदेखि विमुख भए पनि
यदि म मौन शिविरबाट
शब्दहरूतिर आइरहेको छु भने
म आइपुग्छु कसै गरी पनि आइपुग्छु ।

पुस्तकहरू पढे पनि नपढे पनि
भाषणहरू सुने पनि नसुने पनि
आमाको काखबाट ओर्लिएर
मामाको ढाडतिर उक्लिए पनि
बाबुको आँखाबाट उम्किएर
प्रेयसीको आँखामा पुगे पनि
साथीहरू छुटे पनि नछुटे पनि
हिउँले ढाकिएका पहाडहरूको यात्रा
वन–जङ्गल र जनावरको उपस्थिति
सजिलो भए पनि गाह्रो भए पनि
यदि म शब्द–शिविरबाट
अर्थतिर आइरहेको छु भने
म आइपुग्छु कसै गरी पनि आइपुग्छु ।

कलम समाए पनि कोदालो समाए पनि
जहाँ पुग्छु, ती गाउँका छाना
खरले छाए पनि, ढुङ्गाले छाए पनि
खेतमा धान उम्रे पनि फापर फले पनि
कालो पिडौँला र खस्रा औँलाहरू
पहाडतिर भए पनि तराईतिर भए पनि
कारखानाहरूको धुवाँ तिम्रा आँखातिर पसे पनि
मेरो आरनको आगोको रापले तिम्रो नाक पोले पनि
मैले सिएको जुत्ताले तिम्रो खुट्टा दुखाए पनि
मैले बजाएको कर्नालले तिम्रो मुटु हल्ले पनि
कमेरोले पोतेका घरबाट निस्किएर
राजनीतितिर आइरहेका पुरेतको मनमा
अनिष्टको शंका उठे पनि
सारा पण्डितहरूको पाण्डित्यको बंगारा झार्दै
यदि म अर्थ–शिविरबाट
न्यायतिर आइरहेको छु भने
म आइपुग्छु, कसै गरी पनि आइपुग्छु ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अभियन्ताहरूलाई !

अभियन्ताहरूलाई !

गोविन्द वर्तमान
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x