साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेट्रोल

Nepal Telecom ad

‘भो कति खाने यार, मेरो त पेटै फुट्ला जस्तो पो भयो ।’ रविनले भन्यो ।

‘कति पो खाएको छस् र, अब अलिकति हाँसको छोयलासँग खाउँ न ?’ प्रकाशले प्रस्ताव राख्यो ।

‘यो पेटले पनि त धान्नु पर्यो नि । ल हेर त, आजको खाना– मोमो, तास, बियर, चाउमिन् अझ अब छोयला ? अनि छोयलासँग फेरि केही ?’ रविनले फेहरिस्त पेश गर्यो ।

‘ल ल ठिकै छ, तिमी थोरै नै खाउला ल, मलाई साथ देऊ न त । दुई छोयला र एउटा मात्र चिसो बियर ।’ प्रकाशले अर्डर गर्यो । तर किन हुन्थ्यो, अर्का दुई बियर र दुई छोयला थपिए ।

‘ल अब त जाउँ ।’ रविनलाई पछाडि राखेर प्रकाशले बाइक स्टार्ट गर्यो ।

‘ला, रिजर्ब लागेको अघि नै हो, घर त पुगिन्छ ?’ प्रकाशको शङका बोल्यो ।

‘ऊ के त पेट्रोल पम्प, त्यहीँ हालौँ न तेल ।’ रविनले प्रस्ताव गर्यो । ‘अँ, मेरो बाइकलाई ध्वस्त पार्नु छ र यो पम्पमा पेट्रोल हाल्ने ?’ रविनतिर फर्कंदै प्रकाशले हपार्यो ।

‘हा… हा… हा… आफ्नै जीवनको ट्याङ्कीमा जस्तो पेट्रोल हाले पनि हुने, जाबो बाइकको ट्याङ्कीको त्यत्रो चिन्ता ! हा… हा… हा…’ रविन खुलेर हाँस्यो ।

भरतपुर ७, चितवन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राहत

राहत

टीकाराम रेग्मी
जुत्ता

जुत्ता

टीकाराम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x