सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अनि दङ्ग पर्छौ

Nepal Telecom ad

मुलायम कुर्चीमाथि बस्छौ अनि दङ्ग पर्छौ
आशावादी जनतालाई डस्छौ अनि दङ्ग पर्छौ ।

काम अनि कर्तव्यलाई चकनाचुर बनाएर
घुसखोरीका बिटाहरू कस्छौ अनि दङ्ग पर्छौ ।

दोहोरी र मसाजकेन्द्र बैठक बस्ने थलो तिम्रो
वासनासँगै वास्नादार घस्छौ अनि दङ्ग पर्छौ ।

जनता अब लाटा छैनन् चुनौती छ तिमीलाई
कुनै दिन निकै तल खस्छौ अनि दङ्ग पर्छौ ।

देशमा अब जनता आफैं विधान बनाउनेछन्
पालैपालो कालो खोरमा पस्छौ अनि दङ्ग पर्छौ ।

‘प्रवासका अक्षरहरू’ बाट

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण