पुरूषाेत्तम सिग्देलतब हेरौला…
यो दुनियाँ रोकिन्छ र बतास रोकिन्छ
घरि घरि रोकिन्छ र खास रोकिन्छ ।
मुर्दा उठ्छ भोलि अनि शासन गर्छ
तब हेरौला जिउँदाको सास रोकिन्छ ।
मर्नु मार्नु त मामुली कुरा मात्र हुन्
थाहा हुन्छ जब तिम्रो बास रोकिन्छ ।
बलियाकै जित हुन्छ हार्ने त निर्धो
रोकिँदैन शोसक न दास रोकिन्छ ।
बुद्ध मारेर युद्ध गर्नेहरूको भिडमा
कसले भन्छ अब यो कास रोकिन्छ ।
सब भरोसा मरेका छन् दिन दिन
जब मर्छौं हामी तब आस रोकिन्छ ।
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































