साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरबाको आशीर्वाद

Nepal Telecom ad

पहिले– पहिले हजुरबाको
आशीर्वाद शीर माथि हुन्थ्यो ।
त्यसैले
हाम्रो मन पाथी हुन्थ्यो ।
सबैजना साथी हुन्थे
गर्व गर्ने छाती हुन्थे
दुःख पर्दा देउता भाकुन् भन्थे
सन्तानले डाँंडाकाँडा ढाकुन् भन्थे
पहिलेका ती कुरा
अहिले सम्झिँदा
मेरो पढाइ सँग मेल खाएन
जनसङ्ख्या बृद्धिले कसैले खान पाएन
कसैले लाउन पाएन
कोहीलाई बस्ने ठाउँको पीर पनि भो
खेती गर्ने ठाउँ भएन
बस्ने ठाउँ दारे भीर पनि भो ।
त्यसैले
हजुरबाको आशीर्वाद पनि पुरानो भो
भनेर नयाँ बनाइयो
दुई सन्तान ईश्वरको
बरदान भनाइयो
सानो परिवार
सुखी परिवारको पाठ घोकियो
आउन खोज्ने बिचराहरूलाई
बीचमै रोकयो ।
प्रायः सबैले सुख खोजे
दुःखी कोही भएन
बिचरा हजुरबुवाको
आशीर्वाद अब रहेन ।
मनमनै सोंच्छु
धरै सन्तानले कि दुःख पाए होला
तैपनि हजुरबाले
त्यति धेरै सन्तान किन चाहे होला
मलाई भने मनमनै खुल्दुली मच्चियो
तर पनि थाहा भएन त्यसै थच्चियो ।
बिहे गरियो
जालमा परियो घरजम भो
घरबार गर्ने बहानामा
को भन्दा को कम भो
महिना लाग्या श्रीमतीले
छोरो पाइहाल्यो
जसरी भएपनि ख्वाउन पर्ने
दिन आइहाल्यो
तेल चामल जुटाउनै पर्यो
घिउतेलमा कुखुरो भुटाउनै पर्यो ।
जे भए नि रमाइलै हुनेरहेछ
गर्वले आकास छुने रहेछ ।
रातो भाले क्वाँयँ क्वाँयँ
सुत्केरीलाई ख्वाएँ
सुत्केरीको निहुँ गरी
टाउको मैले खाएँ
भने झैं
जे जसरी भए पनि खाइने रहेछ
आजभोलि त
धेरै सन्तान होउन् भन्छु
घरमा सुत्केरी परिरहुन् भन्छु ।
यति धेरै चिजसँग जुधें मैले
बल्ल हजुरबाको आशीर्वाद बुझें मैले
घिउ र भात खान पाइने रहेछ
त्यसैले त हजुरबालाई
धेरै सन्तान चाहने रहेछ ।

स्यादुल, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिउको माला !!

बिउको माला !!

मुननारायण श्रेष्ठ ‘प्रभाषी’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x