साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिउको माला !!

Nepal Telecom ad

 height=कृषिप्रधान देश मेरो
धेरै जोगीको धेरै भेष मेरो,
असार पनि गज्जबको लाछ {{read_more}}
खेतमा रोप्ने धान को बिउ
घाँटीमा लाउने माला भाछ ।
कुनै मन्त्री गमलामा धान रोपेर
धान दिवस मनाउने

कोही जुत्ता मोजा कोट पाइन्टमा सजिएर
खेत रोेप्न धाउने
फोटो खिचाउने
र फेसबुकमा भाइरल बनाउने

जता पनि नक्कलीहरूको बिगबिगी चल्याछ ।
घाँटीमा बिउ झुण्याएर कहाँ र कहिले
धान फल्याछ ?

पहिले पहिले बिउ रोप्थे
दुबो को माला लाउँथे
हेर्नुस् समय फेरिएछ
अहिले त दुबो रोप्छन्
बिउको माला लाउँछन् ।
हैन यस्तो बुद्धि हाम्रा
नेताहरूमा कहाँबाट आउँछन् ?

नेता नक्कली
भाषण नक्कली
आश्वासन नक्कली
पहिले पहिले नेतृत्व गर्नेलाई नेता भनिन्थ्यो
उनीहरू नीति बनाउँथे र नीतिवान् बन्थे
अहिले त नक्कल गर्नेलाई नेता भनेर लेखियो
तीन सय चौसठ्ठी दिन भाषण गरेर
एक दिन किसान बनेर बाउसे गरेको पनि देखियो ।

के किसानलाई मायाँ गर्ने नेताले
आफैं किसान बन्दिनु पर्ने हो
आफैं खेतमा धाएर
आली खन्दिनु पर्ने हो

उसो भए डाक्टरलाई सम्मान गर्ने नेताले
विरामी जाँचेर देखाउनु पर्ला
कुन रोगका कुन औषधी
भनेर प्रेस्क्रिप्सन लेखाउनु पर्ला
पाइलटलाई सम्मान गर्ने
नेताले प्लेन उडाएर देखाउनु पर्यो
ड्राइभर लाई सम्मान गर्ने
नेताले गाडी गुडाएर देखाउनु पर्यो ।

२०७६।३।१७
कालिका माध्यमिक विद्यालय, धुषा, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x