साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

Nepal Telecom ad

 height=१.
बुद्धि विवेक खोपामा राखेर
जोर गाग्री ढोकामा राखेर {{read_more}}
आरती उतार्दैछन् भक्तहरू
मालिकलाई सोफामा राखेर ।

२.
केही पूर्व शिकारीहरू
केही पूर्व भिखारीहरू
मुनाफा बाँड्नमै ब्यस्त छन्
सपनाका ब्यापारीहरू ।

३.
जहाँ जस्तो प्रणाली छ त्यहाँ त्यस्तै परिणाम हुन्छ
त्यै घाँसको सेतो दूध बन्छ, त्यै घाँसको पहेंलो गोबर बन्छ
भोजन जतिसुकै स्वादिष्ट किन नहोस्
भुँडीमा पुगे पछि त त्यो पनि फोहर बन्छ ।

४.
गाईलाई पूजा गर्नेकै गाईहरू कुपोषित छन्
नदीलाई पूजा गर्नेकै नदीहरू प्रदूषित छन्
केही भएन खै, पूजा र कथावाचनले
जहाँ रामहरू उपेक्षित छन् र रावणहरू विभूषित छन्

५.
भाषण सुन्यौ हैन ? छक्क परेर सुत
तस्वीर हेर्यौ हैन ? मख्ख परेर सुत
यिनै त हुन् सदाबहार भाग्यविधाताहरू
विश्वास गर अझै अनि ढुक्क भएर सुत ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x