साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सान्दर्भिक–असान्दर्भिक

Nepal Telecom ad

जेठको टण्टलापुर घाम र गर्मीले एकछिन त आलस–तालस बनायो ज्यानलाई । भोजपुरमा जन्मिएको भए पनि झापामा हुर्किएको र झापाको घाममा छाता नओढी खेतका आलीमा बसेर गाई चराएकाले म जस्तो गर्मी पनि सहनसक्छु भन्ने मेरो अभिमानलाई चुर–चुर बनायो, हेटौडाको बुद्धचोकमा ।

लस्करै बाटाका दुवै छेउमा रोपिएका अशोकका छायाँमा बसुँ कि कुनै घरका छायाँको सहारा लिउँ भनेर मैले नीर्णय लिन नपाउँदै मेरो मनले उत्प्रेरित ग¥यो– ‘सियाँल त बुद्धका छायाँको पो ताप्नुपर्छ त ।’

मेरो दिमागले निर्णय लिन नपाउँदै मनका आदेशले म बुद्धका मूति तिरै तानिएँ, बुद्ध मूर्ति चौबाटाका बीचमा उभिएको भए पनि र यसो मुण्टो ठाडो पारेर बुद्धको शान्त र सौम्य अनुहारतिर नजर लगाएँ । कस्तो अचम्म बुद्धका अनुहारमा शान्तिको कान्ति त कता हराए छ कता ? कान्तिका ठाउँमा निराशा र आत्मग्लानीले भरिएको अँध्यारो अनुहार पो घोसेमुण्टो लगाई रहेको रहेछ । यस्तो बुद्धको अवस्था देखेको मेरो तुलबुले मन तुलबुलाइ हाल्यो प्रश्न सोध्नलाई–
मैले बुद्धतिर फर्किएर सोधेँ– ‘हेटौडाबासीले यस्तो सम्मान दिँदा पनि किने अँध्यारो मुख तथागत ?’

‘यो पनि कुनै सम्मान हो ? यो त घोर अपमान हो मेरा निमित्त ।’– बुद्धले मुख खोले ।
बुद्ध वचनले मलाई आश्चर्यचकित बनायो साथै जिज्ञासु पनि, अनि मैले फेरि प्रश्न राखिहालें– ‘कसरी र तथागत ?’

बुद्धले निन्याउरो मुहार लगाएर भने– ‘आर्य ! मेरो मूर्ति लगाउँनु अघि यस स्थानमा राजा पृथ्वीनारायण शाहको सालिक थियो र यस चोकको नाउँ पृथ्वीनारायण चोक । तर मानिसहरूले बडो हुलहुज्जतका साथ र अपमान पूर्वक पृथ्वीको सालिक तोडे र सो स्थानमा मेरो सालिक ठड्याइ दिए । पृथ्वीको सालिक तोड्नेहरूले त कुन स्वार्थले तोडे कुन्नि ? तर अहिलेसम्म जति मान्छे यस ठाउँमा आउँछन् सबैले मेरा सालिकतिर औंला ठड्याएर गुनासो गर्छन्– ‘जसले भुरेटाकुरे राज्यहरूलाई एकीकरण गरेर एउटै नेपाल बनाए र हामीलाई नेपाली भनाए उसैको सालिक तोड्ने जस्तो कृतघ्न कार्य त गर्न हुँदैन थियो नि, अनि मतिर फर्किएर खिन्न मन र शुष्क नजरले हेर्छन् के यो मेरा लागि सजायँ हैन र ?’

बुद्धका भनाइले मलाई पनि खिन्न नबनाई छोडेन अनि मैले हुने कुरो भै हाल्यो बरु बुद्धको चित्त पो बुझाई दिनु पर्यो भन्ने ठानेर कुरा मिलाउँदै सम्झाउँन कोशिस गरें– ‘गणतन्त्र नेपालमा राजाको उपस्थिति समय सान्दर्भिक हुँदैन भनेर हटाएका होलान् नि तथागत ।’

‘मूर्ख मनुष्य, बुद्धका जमनाको म नायक, पृथ्वीका जमानाको उनी नायक कसका बुद्धिले उनी असान्दर्भिक र म सान्दर्भिक भएँ ?’ – उनले प्रश्न गरे र फेरि थपे– ‘तिमीहरूको स्वार्थमा बाधा हुन भोे भनें म पनि त भोलि असान्दर्भिक ठहरिने रहेछु नि !’

जुरोपानी–४, झापा,
हाल : काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x