साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खोक्तक

Nepal Telecom ad

(१)
भित्ताको पनि कान हुन सक्छ बिस्तारै बोले कसो होला ?
बाटोमा पनि खाडल हुन सक्छ बिस्तारै हिँडे कसो होला ?
जे पनि हतारमा नगरौँ हजुर ! जतिबेला जे पनि हुन सक्छ
पानीमा पनि जहर हुन सक्छ बिस्तारै पिए कसो होला ?

(२)
मान्छेहरू देखिन्छन् एउटा हुन्छन् अर्कै यो कस्तो जमाना
मान्छेहरू बोल्छन् एउटा गर्छन् अर्कै यो कस्तो जमाना
अब त मान्छेहरू बाघ, भालु, सर्प र ब्वाँसाभन्दा पनि डरलाग्दा भैसकेछन्
मान्छेहरू लेख्छन् एउटा पढ्छन् अर्कै यो कस्तो जमाना !

(३)
नेपाल रुँदा तिमीलाई दुख्दैन भने तिमीलाई कसरी नेपाली भनौँ ?
हिमाल जल्दा तिमीलाई पोल्दैन भने तिमीलाई कसरी हिमाली भनौँ ?
ढाका टोपी र दौरा र सुरुवालले मात्रै राष्ट्रियता झल्किँदैन महाशय !
पराईले माटो मिच्दा तिम्रो रगत तात्दैन भने तिमीलाई कसरी गोर्खाली भनौँ ?

(४)
फूल पनि सँगै राख्ने झार पनि सँगै राख्ने यो तिम्रो कस्तो काम ?
पानी पनि सँगै राख्ने हिलो पनि सँगै राख्ने यो तिम्रो कस्तो काम ?
मलाई माफ गर प्रिय ! मैले कमसल ठानेका चिजहरू तिमीलाई ‘महान’ लाग्न पनि सक्छन्
सुन पनि सँगै राख्ने पित्तल पनि सँगै राख्ने यो तिम्रो कस्तो काम ?

(५)
हिजो दबाबमा थियौ आज मनखुसीमा छ्यौ बधाई छ तिमीलाई
हिजो करकापमा थियौ आज आफूखुसीमा छ्यौ बधाई छ तिमीलाई
अब कोही छैन तिमीलाई हस्तक्षेप गर्ने बल्ल स्वतन्त्र भएकी छ्यौ
हिजो अँध्यारोमा थियौ आज उज्यालोमा छ्यौ बधाई छ तिमीलाई ।

हेटौडा, मकवानपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x