साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडकदेखि सरकारसम्म

Nepal Telecom ad

कहिले भोकाको जस्तो कहिले अघाको जस्तो
आउँछन् याद पनि कहिल्यै आउन नपाको जस्तो ।

कसैले सिङ्गो जिन्दगी दिन्छु किन नभनोस्
तर हुँदैन उस्ले दिने माया आमाको जस्तो ।

मालिक हुनुको कठिनाइ त्यो बेला थाहा हुन्छ
आयो भने जिम्मेवारी टाउकोमा बाबाको जस्तो ।

नानी बाबुहरू बिहानै उठेर के गर्छौ ब्यर्थै
सरकार त भएको छ यहाँ निदाको जस्तो ।

सडकदेखि सदन र सरकारसम्म हेर्नुहोस् न
झगडा देखिन्छ अनाथ बच्चाको जस्तो ।

खगेनकोट– ९, मंसिरी, जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x