साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेर् भालु छेर्

Nepal Telecom ad

छेर् भालु छेर्, छेर् भालु छेर्
टेन्डर दिँदा टेबिल माथिबाट होइन
तलबाट खा’को कमिसन सबै छेर्

छेर् भालु छेर्, छेर् भालु छेर्
धानको भूस होइन
घुमाईघुमाई खा’को घूस जति छेर्

छेर् भालु छेर्, छेर् भालु छेर्
जनताको सेवा होइन
ठूलाठूला भासन गरी खा’को रासन छेर्

छेर् भालु छेर्, छेर् भालु छेर्
पसिनाको कमाइ होइन
रातारात कमा’को कालो धन छेर्

छेर् भालु छेर्, छेर् भालु छेर्
विकासमा लागेको होइन
विदेशीको आँखामा
छारो हाली पचा’को एड जति छेर्

अब गर्दै नगर् बेर
समय नफाल् खेर
साह्रै भयो अबेर
अगस्ति नबन् धेर
होला भोलि सबेर
छेर् भालु छेर्, छेर् भालु छेर् ।

काठमाडौँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x