दुर्गाप्रसाद ग्वालटारेभाग्य कता बाङ्गिएछ
‘ठुला’ भनी चिन्थेँ जसलाई समवेदनै मासिएछ
चस्स दुख्छ आफ्नै मुटु भेट्नैसम्म राँकिएछ ।
दौडिँदा छन् अहोरात्र तुच्छ स्वार्थ पूरा गर्न
दुखी भेट्दा ब्यथा साट्ने हार्दिकता नै नासिएछ ।
थाक्ने हैनन् भाषण गर्न, सिद्धान्तका कुरा गर्न
बिडम्बना ! ‘साधु’को काँध चोरसँग गाँसिएछ ।
बिपत्तिमा मद्धत परै, फुर्सत छैन खबर सुन्न
दलाल र तस्करसँग सङ्गत खुब झाङ्गिएछ ।
पटक पटक ठगिँदा नि सकिनछु उस्लाई छिन्न
नङ्गालाई अघि लाउँदा आफ्नै लाज नाङ्गिएछ ।
समयमा होस नगर्दा जता हेर्छु भताभुङ्ग
राष्ट्रसँगै मेरो भाग्य कता कता बाङ्गिएछ ।
२०७१ श्रावण
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































