साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भएन ?

Nepal Telecom ad

गोरु बेच्या साईनोमा मेरो सानो बाउ भयो,
मैले सधैं हार्ने पासा आज उस्को दाउ भयो ।

जुनै जोगी आए पनि खरानी नै धस्या मात्र,
न त उठ्यो मेरो पैसा न बचेर साउँ भयो ।

उस्ले भनी हुन्न पीडा ढुङ्गा जस्तो शरीरमा,
कोट्याएछु तिग्रातिर हेर्दा सानो घाउ भयो ।

भोको पेट भौतारिँदै हिँड्नु पर्ने जीवन भो,
उस्को पापी डेरा मेरो बास बस्ने ठाउँ भयो ।

महंगीको जमाना छ कष्ट मात्र झेल्नु पर्ने,
सोधी हेर्दा जताततै चर्कै चर्को भाउ भयो ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x