साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलको स्पेसल खोक्तक

Nepal Telecom ad

जनता

खल्वाटको टाउकोमा केसको महत्व हुन्छ,
सुन्दरता प्रतियोगितामा भेषको महत्व हुन्छ,
जनता त फाटेका तास भइसकेका छन्, हजुर–
यहाँ चुनावमा मात्र राष्ट्रियता र देशको महत्व हुन्छ ।

अन्तर

दुई आँखाको मिलन हुनै सक्दैन
किनकि बीचमा नाकको डाँडी छ ।
फोस्रो आडम्बर देखाएर के भो ?
जनताको वास्तविकता त उही कोरा र खाँडी छ ।

काठमाण्डौ

कथा–व्यथा छरिएका छन् चारैतिर
फोहरका थुप्राहरू बडाउँदै
काठमाण्डौ !
हुनेहरूका लागि सधैँको सहकाल
नहुनेहरूका लागि दिनैपच्छिे अनिकाल
यो देशमा दुईवटा काठमाण्डौ छन्–
एउटा राजधानी काठमाण्डौ !
अर्को गरिबधानी काठमाण्डौ !!

प्रजातन्त्र

एकातिर, प्रजातन्त्रको भात छड्कीरहेको छ,
अर्कोतिर, नारा ओइरिएर सडक पड्कीरहेको छ,
डाडुपन्यौ हुनेहरू मख्ख छन् यहाँ
जनता खलाँतीजस्तो पेट लिएर
भोकभोकै झुप्राहरूमा तड्पीरहेको छ ।

अभिवादन

एकातिर, कारैकारको ट्राफिक जाम छ ।
अर्कोतिर, ढाकरै ढाकरको उरुङ् लाम छ ।
भनाइ र गराइमा फरक देखियो ए ! प्रजातन्त्र !!
तेरो वी.पी.लाई ‘जयनेपाल’ र
पुष्पलाललाई ‘लालसलाम’ छ ।

धेरै भए

यहाँ, नीतिभन्दा नेता धेरै भए
टाउकाभन्दा फेटा धेरै भए ।
पुस्तकभन्दा गाइड धेरै भए
प्राविधिकभन्दा साइड धेरै भए ।
अन्नभन्दा घुन धेरै भए ।
कानभन्दा सुन धेरै भए ।
गुनभन्दा बैगुन धेरै भए ।
त्यसैले,
जागिरभन्दा भनसुन धेरै भए ।

हाल : मन्थली, रामेछाप

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x