सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपालमा चलेका शिक्षाका चार तह

Nepal Telecom ad

१. मन्टेस्वरी : केटाकेटी स्कुल जान मान्ने बेलै भएको हुँदैन । जवरवस्ती रूवाउँदै मुन्ट्र्याउँदै भ्यानमा हालेर लानुपर्ने भएकोले ३ बर्षदेखि ५ बर्षसम्मका नानीहरूका लागि ‘मन्टेस्वरी’
२. डन्ठेस्वरी : ६ बर्षदेखि १३ वर्षसम्म अलि जिज्ञासु हुने र चकचक गर्न भएकाले शिक्षकलाई पढाउन आएन भने पनि बच्चालाई नै डण्ठा लगाउने र बच्चालाई आएन भने पनि बच्चालाई नै डण्ठा लगाउने भएकाले ‘डण्ठेस्वरी’ ।
३. कण्ठेस्वरी : बुझेर भए पनि नबुझेर भए पनि बाबुआमा र स्कुलको लागि एस.एल.सी.मा डिस्टिङ्सन ल्याउनै पर्ने । जतिबेला पनि पाठ कण्ठ मात्रै पारिरहनु पर्ने भएकाले त्यो ‘कण्ठेश्वरी’ ।
४. लण्ठेस्वरी : पढाइको जग बलियो नभएपछि कलेजको पढाइ ब्याक लागेर लण्ठ्या लण्ठ्यै गर्नु पर्ने । अनि जागिर नपाएर लन्ठ्याङ लन्ठ्याङ हुने बेराजगार । त्यसैले त्यो ‘लण्ठेस्वरी ।’

Fitkauli Publication Books comming soon
Nepal Telecom ad